जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले अहिलेका कम्युनिस्ट कमाउनिस्ट भएको आ’रोप लगाएका छन् । नेकपाका संस्थापक नेता पुष्पलालको स्मृतिको अवसरमा श्रद्धाञ्जली अर्पण गर्दै यादवले पुष्पलालको त्याग, सादगीपूर्ण जीवन, संघर्ष र सिद्धान्तप्रतिको निष्ठाबाट अहिलेका कम्युनिस्ट नामका कमाउनिष्ठ, भ्र’ष्ट, सिद्धान्तविहीन र न’श्लवादी संकीर्ण चिन्तन भएका नेताहरुले सिक्न सकेको भए देश र जनताको अवस्था बेहाल हुदैन्थ्यो ।
उनले अहिलेका कम्युनिस्ट राजनीति भ्रष्टाचार गर्ने र राज्यको ढुकुटी हजम गर्ने तर्फ आकर्षित एवम् उन्मुख हुने भएको आ’रोप लगाएका छन् । उनले पुष्पलालले राजनीतिलाई जा’लझे’लको रूपमा नलिई सिद्धान्त, संगठन र संघर्षले निर्देशित जनताको मुक्तिको यात्राको रूपमा लिएको उल्लेख गरेका छन् ।
यो पनि पढ्नुस्
जनैपूर्णिमाको अवसरमा बर्सेनि एक हप्तासम्म मेला लाग्ने सिन्धुपाल्चोकको प्रसिद्ध धार्मिकस्थल पाँचपोखरीमा यो वर्ष भने नहुने भएको छ । पाँचपोखरी थाङपाल गाउँपालिकाले जनैपूर्णिमा मेला नगर्न आग्रह गरेको छ । गाउँपालिकाको बैठकले यो वर्ष जनैपूर्णिमाको दिन लाग्ने मेला तथा जात्रा नगर्ने निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत सुनिल निरौलाले जानकारी दिए ।
यो वर्षको जनैपूर्णिमा साउन १९ गते परेको छ । पालिकाले मानिसको भीडभाड हुँदा कोरोना सङ्क्रमण फैलन अझ मद्दत पुग्ने भएको भन्दै यो वर्षको मेला नगर्न र सहभागी नहुन सबैलाई आग्रह गरेको हो । विभिन्न जिल्लाबाट सर्वसाधरण मेला भर्न पुग्ने गरेका थिए । समुद्री सहतबाट करिब चार हजार ६० मिटर उचाइमा रहेको यो क्षेत्रमा साना–ठूलो गरी पाँच ताल रहेका छन् ।
पाँचपोखरीमा जनैपूर्णिमाको मेला भर्न खासगरी तामाङ समुदायको झाँक्री र उनका आफन्तहरु पुग्ने गरेका थिए । पाँचपोखरीको दुई/तीन पटकसम्म मेला भरेर आएपछि मात्रै झाँक्रीको रुप धारण गर्न पाउने यो समुदायमा विश्वास छ ।