नेपाल राष्ट्र बैंकले आज (बुधबार) देखि एक हजार रुपैयाँको नयाँ नोट बजारमा पठाएको छ । नयाँ विशेषतासहितको नयाँ नोट बजारमा पठाइएको राष्ट्र बैंकका कार्यकारी निर्देशक रेवति नेपालले जानकारी दिए । उनका अनुसार आज बजारमा पठाइएका नयाँ नोटहरुमा सुरक्षा विशेषता अन्य यथावत रहेक पनि हात्तीको संख्या भने थपिएको छ ।
पहिले एक हजारको नोटमा एउटा मात्रै हात्ति हुने गरेकोमा अब जुम्ल्याहा हात्ती नयाँ नोटमा हुनेछन् । देवकलीबाट जन्मिएका जुम्ल्याहा हात्तीको नाम ‘राम लक्ष्मण’ हो । उनीहरु अहिले पनि चितवन राष्ट्रिय निकुञ्जमा गस्तीमा जान प्रयोग गरिन्छन् । प्रायः हात्तीबाट जुम्ल्यहा बच्चा जन्मिनु दुर्लभ मानिन्छ । तिनै दुलर्भ हात्तीको फोटो हजारका नोटमा राखिएका छन् ।
तत्कालीन गभर्नर डा. चिरञ्जीवि नेपालकै पालामा यो नोट छपाईको कार्य भएकाले नयाँ नोटमा पनि नेपालको हस्ताक्षर छ । राष्ट्र बैंकका अनुसार हात्तीको चित्र भने वन तथा वातावरण मन्त्रालय माताहतको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले उपलब्ध गराएको हो ।
यो पनि पढ्नुस्
जनैपूर्णिमाको अवसरमा बर्सेनि एक हप्तासम्म मेला लाग्ने सिन्धुपाल्चोकको प्रसिद्ध धार्मिकस्थल पाँचपोखरीमा यो वर्ष भने नहुने भएको छ । पाँचपोखरी थाङपाल गाउँपालिकाले जनैपूर्णिमा मेला नगर्न आग्रह गरेको छ । गाउँपालिकाको बैठकले यो वर्ष जनैपूर्णिमाको दिन लाग्ने मेला तथा जात्रा नगर्ने निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत सुनिल निरौलाले जानकारी दिए ।
यो वर्षको जनैपूर्णिमा साउन १९ गते परेको छ । पालिकाले मानिसको भीडभाड हुँदा कोरोना सङ्क्रमण फैलन अझ मद्दत पुग्ने भएको भन्दै यो वर्षको मेला नगर्न र सहभागी नहुन सबैलाई आग्रह गरेको हो । विभिन्न जिल्लाबाट सर्वसाधरण मेला भर्न पुग्ने गरेका थिए । समुद्री सहतबाट करिब चार हजार ६० मिटर उचाइमा रहेको यो क्षेत्रमा साना–ठूलो गरी पाँच ताल रहेका छन् ।
पाँचपोखरीमा जनैपूर्णिमाको मेला भर्न खासगरी तामाङ समुदायको झाँक्री र उनका आफन्तहरु पुग्ने गरेका थिए । पाँचपोखरीको दुई/तीन पटकसम्म मेला भरेर आएपछि मात्रै झाँक्रीको रुप धारण गर्न पाउने यो समुदायमा विश्वास छ ।