सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निजी सचिवालयले जनार्दन शर्मा (प्रभाकर) पार्टी एकताको पक्षमै भएको बताएको छ । अध्यक्ष प्रचण्डसँग जोडेर केही मिडियामा आएका खबरप्रति ध्यानाकर्षण भएको उल्लेख गर्दै सचिवालयले पार्टीको आन्तरिक बहसलाई लिएर नेताहरुमाथि लगाइएको आ’रोप नि’न्दनीय भएको बताएको छ ।
प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटा ‘जुगल’ ले ध्यानाकर्षण पत्र सार्वजनिक गर्दै यस्तो बताएका हुन् । केही समय अगाडि पनि शर्माले सामाजिक सञ्जालमार्फत यही कुराको खण्डन गरेका थिए ।
आफूवि’रुद्धको दु’ष्प्रचारलाई ‘पार्टी एकताबाट मर्माहत प्रवृत्ति’ भन्दै उनले एकताको पक्षमा दृढतापूर्वक उभिन सबैलाई अपिल गरेका थिए । कुनै पद प्राप्तिको लोभविना पार्टी आ’न्दोलनको रक्षा गर्न आफू लागेको उनको भनाइ छ ।
यो पनि पढ्नुस
ज्योतिषशास्त्र अनुसार बिहीबारको दिन बृहस्पतिको पूजा गर्नाले सुखद पारिवारिक जीवन, शिक्षा, ज्ञान र धन प्राप्त हुने धार्मिक विश्वास छ । शास्त्रअनुसार बिहीबारका दिन केही कामहरु भने बर्जित गरिएको छ । बृहस्पति ग्रहको अनुकूलताको लागि केही यस्ता कार्यहरु हुन्छन् जुन बिहीबारको दिन गर्नु उचित मानिँदैन ।
बिहीबारको दिन के गर्दा सुभफल मिल्छ ?
१. सूर्य उदाउनु पहिलानै शुद्ध भएर भगवान विष्णुलाई गाईको शुद्ध घ्यू हालेर दियो बाल्नुस् ।
२. केसरी वा बेसारको टिका निधारमा लगाउनुहोस् ।
३. पहेँलो वस्तु दान गर्नुहोस् ।
४. भगवान शिवलाई पहेँलो रंगको लड्डू चडाउनुहोस् ।
५. केराको रुखलाई पूजा गर्नुहोस् र प्रसादमा पहेँलो रंगको पकवान वा फल चढाउनुहोस् ।
६. केरा दान गर्नुहोस् ।
बिहीबारको दिन गर्न नहुने पाँच काम
बिहीबारलाई धार्मिक दिन मानिन्छ । ब्रम्हाण्डमा अवस्थित ९ ग्रहको गुरु मानिने वृहस्पतिको दिन मानिने बिहीबार धार्मिक दृष्टिले महत्वपूर्ण मानिन्छ । बिहीबार गरेका धार्मिक कार्यको फल तत्काल मिल्ने विश्वास गरिन्छ । तर बिहीबार केही काम गर्न भने निषेध गरिएको छ ।
१. कपाल नुहाउनु हूँदैन : शास्त्रमा बिहीबार कपाल नुहाउन नहुने उल्लेख छ । खासगरी महिलाहरुले बिहीबार कपाल नुहाउनु अशुभ मानिन्छ । महिलाको जन्मकुण्डलीमा वृहस्पति पतिकोरुपमा रहने हुँदा यो दिन कपाल नुहाउनु नराम्रो मानिन्छ । बिहीबार कपाल नुहाउँदा पति र सन्तानलाई अशुभ हुने शास्त्रमा उल्लेख छ ।
२. रौं काट्नु हुँदैन : बिहीबारको दिन कपाल वा दारी काट्नु अशुभ मानिएको छ । वृहस्पतिलाई जीवन अर्थात जीवन भनिएको छ । बिहीबार रौं काट्दा गुरु ग्रह कमजोर हुने भनिन्छ । यसो गर्दा शिरमा असर गर्ने र उमेर समेत कम हुने शास्त्रमा उल्लेख छ ।
३. दारी काट्ने वा नङ काट्ने : बिहीबार नङ काट्नु र दारी काट्नु अशुभ मानिन्छ । यस्ता कार्य बिहीबार गर्दा जागिरमा समस्या हुने र पदोनन्ती हुनुको साटो घटुवा हुने समेत सम्भावना हुने शास्त्रमा उल्लेख छ । बिहीबार कपाल धुने, कपडा सफा गर्ने, दारी काट्ने, रौ काट्ने, फेशियल, नङ काट्ने काम कहिले पनि नगर्नुस् । त्यस्तै घरको सरसफाइ माकुराको जालो हटाउने काम पनि बिहीबार नगर्नु नै उत्तम हुन्छ ।
४. भारी कपडा धुनु र फोहोर गर्नु हुँदैन : बिहीबारको दिन भारी कपडा धुनु राम्रो मानिँदैन । बिहीबारको दिन ठूला ठूला कपडा धुँदा अशुभ हुने मानिन्छ । बिहीबार घरमा भएको फोहोर बाहिर फाल्नु पनि नराम्रो मानिन्छ । बिहीबारमा घरमा भएको फोहोर बाहिर फाल्दा अशुभ हुने मानिन्छ । घरको सरसफाइ सकेसम्म बिहीबार नगर्नु नै राम्रो हुन्छ ।
५. लक्ष्मीको मात्र पुजा पनि गर्नु राम्रो मानिदैन : बिहीबारको दिन लक्ष्मी नारायणको दिन मानिन्छ । यस दिन पुजा गर्दा लक्ष्मीको मात्र गर्नु हुँदैन । पुजा गर्दा लक्ष्मी नारायणको पुजासँगै गर्नु राम्रो हुन्छ । यसले पति पत्निबीचको सम्बन्ध पनि राम्रो हुने शास्त्रमा उल्लेख छ ।