शुक्रबार (आज) बिहान नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत इच्छाकामना गाउँपालिका–६ चारकिलोमा पुनः पहिरो खसेर सडक अवरुद्ध भएको छ । बिहीबार खसेको पहिरो पन्छाएर एकतर्फी सवारी सञ्चालन भएको केही समयमा नै पुनः सोही स्थानमा पहिरो खसेको छ ।
पहिरो खस्ने क्रम जारी रहेको प्रहरी कार्यालय चितवनले जनाएको छ । पहिरो ठूलो भएकाले कतिखेर पन्छाएर सकिन्छ भन्न नसकिने प्रहरीको भनाई छ । सोही स्थानमा गत सोमबार पनि पहिरो खसेको थियो । सो पहिरो ३६ घण्टामा पन्छाइएको थियो ।
यो पनि पढ्नुस्
सीतापाइलास्थित ओखलढुंगाकी २२ वर्षीय युवतीले आफूलाई मन नपराएको भन्दै युवतीमाथि ए’सिड प्र’हार गर्ने र प्र’हार गर्न लगाउने दुईजना प’क्राउ परेका छन् । काठमाडौं प्रहरी परिसर र महानगरीय अ’पराध अनुसन्धान महाशाखाको संयुक्त टोलीले दुई जनालाई डल्लुबाट प’क्राउ गरेको हो ।
प’क्राउ पर्नेमा रौतहटको लक्ष्मीपुर घर भई हाल डल्लु बस्ने मोहम्मद आलम र भारत घर भई डल्लुमा कालीगढको काम गर्ने मुन्ना मोहम्मद छन् । उनीहरु बिहीबार राति ११ बजे डल्लुबाट प’क्राउ परेकाे हो ।
महानगरीय अपराध महाशाखा र काठमाडौं परिसरको टोलीले अनुसन्धान गरेको अनुशन्धानमा पवित्रालाई बिहीबार राति आलमले ३० पटकभन्दा बढी फोन गरेका थिए । तर पवित्राले फोन वेवास्ता गरेकी रहेछन् ।
त्यसपछि आलमले ती भारतीय नागरिकलाई पैसा दिएर ए’सिड प्र’हार गर्न लगाएका थिए । कार्कीले एसिड प्रहार गर्ने व्यक्तिहरुलाई नचिनेको बताए पनि सीसीटीभी फुटेजमा देखिएको हुलियाको आधारमा प्रहरीले दुई जनालाई प’क्रन सफल भएको हो ।