चितवन राष्ट्रिय निकुञ्जको सुरक्षाका लागि खटिएको सेनाको कु’टाईबाट चितवनको राप्ती नगरपालिका–२ का २४ वर्षीय राजकुमार चेपाङको मृ’त्यु भएको छ । उनको बिहीबार विहान भरतपुर अस्पतालमा ल्याउँदा नै मृ’त्यु भैसकेको थियो ।
मृ’त्युको कारण सेनाको कु’टपि’ट नै भएको परिवारको दाबी छ । राजकुमारका बुवा विष्णुलाल चेपाङले घ’टनाको छानबिन गर्न र दो’षीलाई स’जाय दिन माग गरेका छन् ।
सेनाले कु’टेर घर आएपछि राजकुमार बि’रामी भएको र मृ’त्युका कारण सेनाको कु’टाइ नै भएको उनको भनाइ छ । राजकुमार बिरामी भएपछि गाउँकै मेडिकलबाट औषधि किनेर ल्याएर खुवाएको तर बचाउन नसकिएको परिवारले बताएका छन् ।
चितवनका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले घ’टनाबारे जानकारी आएको बताए । यसबारे निकुञ्ज प्रशासनसँग बुझ्दा कु’टपि’टबाट मृ’त्यु भएको कुरा गलत भएको जानकारी आफूलाई गराएको प्रजिअ भट्टराईले बताए ।
चेपाङ युवकको श’व भरतपुर अस्पतालको श’व गृ’हमा राखिएको छ । उनको अहिलेसम्म पो’ष्टमा’र्टम गरिएको छैन । घ’टना वि’वादित बन्न सक्ने देखिएकाले आवश्यक सल्लाह र निर्णयपछि मात्रै पो’ष्टमा’र्टम गरिने बताईएको छ ।
यो पनि पढ्नुस्
सीतापाइलास्थित ओखलढुंगाकी २२ वर्षीय युवतीले आफूलाई मन नपराएको भन्दै युवतीमाथि ए’सिड प्र’हार गर्ने र प्र’हार गर्न लगाउने दुईजना प’क्राउ परेका छन् । काठमाडौं प्रहरी परिसर र महानगरीय अ’पराध अनुसन्धान महाशाखाको संयुक्त टोलीले दुई जनालाई डल्लुबाट प’क्राउ गरेको हो ।
प’क्राउ पर्नेमा रौतहटको लक्ष्मीपुर घर भई हाल डल्लु बस्ने मोहम्मद आलम र भारत घर भई डल्लुमा कालीगढको काम गर्ने मुन्ना मोहम्मद छन् । उनीहरु बिहीबार राति ११ बजे डल्लुबाट प’क्राउ परेकाे हो ।
महानगरीय अपराध महाशाखा र काठमाडौं परिसरको टोलीले अनुसन्धान गरेको अनुशन्धानमा पवित्रालाई बिहीबार राति आलमले ३० पटकभन्दा बढी फोन गरेका थिए । तर पवित्राले फोन वेवास्ता गरेकी रहेछन् ।
त्यसपछि आलमले ती भारतीय नागरिकलाई पैसा दिएर ए’सिड प्र’हार गर्न लगाएका थिए । कार्कीले एसिड प्रहार गर्ने व्यक्तिहरुलाई नचिनेको बताए पनि सीसीटीभी फुटेजमा देखिएको हुलियाको आधारमा प्रहरीले दुई जनालाई प’क्रन सफल भएको हो ।