नेपाली बजारमा सुनको मूल्य हालसम्मकै उच्च भएको छ । शुक्रबार सुनको मूल्य प्रतितोला ९५ हजार ८ सयमा पुगेर हालसम्मकै उच्च रेकर्ड राखेको छ । बिहीबार ९४ हजार ५ सयमा कारोबार भएको सुन एकैदिन १३ सयले बढेर ऐतिहासिक रेकर्ड राखेको हो ।
आज चाँदीको मूल्य पनि ५ रुपैयाँले बढेर ११ सय ५० रुपैयाँमा कायम छ । अघिल्लो दिन चाँदीको मूल्य ११ सय ४५ रुपैयाँ प्रतितोलामा कारोबार भएको थियो । सुनको मूल्य अन्तर्राष्ट्रिय बजारमै घटबढ भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यो पनि पढ्नुस्
सीतापाइलास्थित ओखलढुंगाकी २२ वर्षीय युवतीले आफूलाई मन नपराएको भन्दै युवतीमाथि ए’सिड प्र’हार गर्ने र प्र’हार गर्न लगाउने दुईजना प’क्राउ परेका छन् । काठमाडौं प्रहरी परिसर र महानगरीय अ’पराध अनुसन्धान महाशाखाको संयुक्त टोलीले दुई जनालाई डल्लुबाट प’क्राउ गरेको हो ।
प’क्राउ पर्नेमा रौतहटको लक्ष्मीपुर घर भई हाल डल्लु बस्ने मोहम्मद आलम र भारत घर भई डल्लुमा कालीगढको काम गर्ने मुन्ना मोहम्मद छन् । उनीहरु बिहीबार राति ११ बजे डल्लुबाट प’क्राउ परेकाे हो ।
महानगरीय अपराध महाशाखा र काठमाडौं परिसरको टोलीले अनुसन्धान गरेको अनुशन्धानमा पवित्रालाई बिहीबार राति आलमले ३० पटकभन्दा बढी फोन गरेका थिए । तर पवित्राले फोन वेवास्ता गरेकी रहेछन् ।
त्यसपछि आलमले ती भारतीय नागरिकलाई पैसा दिएर ए’सिड प्र’हार गर्न लगाएका थिए । कार्कीले एसिड प्रहार गर्ने व्यक्तिहरुलाई नचिनेको बताए पनि सीसीटीभी फुटेजमा देखिएको हुलियाको आधारमा प्रहरीले दुई जनालाई प’क्रन सफल भएको हो ।