दोलखाको मेलुङमा रहेको त्रिभुवन माध्यमिक विद्यालयको नाममा १ करोड ५० लाख रकम वेरुजु रहेको छ । विद्यालयले आर्थिक वर्ष २०७५÷७६ मा विद्यालयको शैक्षिक सुधारको लागि भन्दै खर्च गरेको १ करोड ५० लाख रकम वेरुजु रहेको छ । विद्यालयले नीति नियम अनुसार रकम खर्च नगरेको र अवश्यक प्रकृयाहरु पुरा नगरी वजेट खर्च गरेको भन्दै महालेखा परिक्षकको प्रतिवेदनमा विद्यालयको नाममा वेरुजु देखाएको छ ।
विद्यालयले दिएको १ करोड ५० लाख रकमबाट विद्यालयमा गरिएको भौतिक निर्माण तथा शैक्षिक सुधारको कार्यक्रमहरु भएको हुन भनी कुनैपनी विश्वत आधारहरु नभएको भन्दै विद्यालयलाई कागजात पेश गर्न भन्दै वेरुजु देखाएको छ । त्रिभुवन विद्यालय नमुना विद्यालय अन्र्तगत छनोट भए संगै बहुवर्षिय गुरु योजना अन्र्तगत २०७६ वैशाखमा ५० लाख र असारमा १ करोड गरी १ करोड ५० लाख रकम गाउँपालिकाले विद्यालयलाई अनुदानमा भुक्तानी गरि सकेको छ ।
उक्त रकमबाट विद्यालयले के कस्ता भौतिक निर्माण तथा शैक्षिक सुधारका कार्यक्रम संचालन गरे भन्ने विषयमा कुनैपनी कागजपत्र श्रेष्ता साथ पेश नभएको प्रतिवेदनमा उल्लेख गरिएको छ । नीति नियम संगत खर्च नदेखिएकोले महालेखाले वेरुजू निकाले पनी विद्यालयले हाल सम्म वेरुजुको सम परिक्षण गराउन सकेको छैन् ।
विद्यालयको नाममा गत वर्ष नै ठुलो रकम वेरुजु आएको र त्यसको सम परिक्षण गराउन विद्यालयलाई पटक पटक आग्रह गरेको र हाल सम्म पनी विद्यालयले सम परिक्षण नगराएको गाउँपालिकाका प्रवक्ता हिरा थोकरले बताउनु भयो । नमुना विद्यालयका लागि प्रलित कानुन अनुसार रकम भैतिक तथा शैक्षिक सुधारका लागि योजना तथा कार्यक्रम पेश गर्नु पर्ने भएता पनी समयमा विद्यालयले प्रस्ताव समेत पेश नगर्ने गरेको पाइएको छ । नमुना विद्यालय छनोट भए संगै भैतिक तथा शैक्षिक सुधारका लागि शिक्षा अन्र्तगत १ करोड ५० लाख रकम प्रदान गर्दै आएको छ ।
विद्यालयले गत वर्षनै विद्यालयको नाममा रहेको वेरुजु रकम १ करोड ५० लाख सम परिक्षण नगर्दा यस आर्थिक वर्षको रकम फ्रिज गएको छ । विद्यालयले गत वर्षको सम परिक्षण नगराएको र यस आर्थिक वर्षमा सयमानै भौतिक निर्माण तथा शैक्षिक सुधारको कार्यक्रम पेश नगर्दा यस वर्षको १ करोडा ५० लाख रकम फिर्ता भएको छ ।
गत आर्थिक वर्षमानै अनुदान मार्फत खर्च गरेको रकम नीति नियम अनुसार नभएको र शैक्षिक सुधारका लागि यो वर्ष समयमा नै प्रस्ताव पेश नभएका कारण काम नसकिने भएकोले यो वर्षको अनुदान फिर्ता भएको हो । लकडाउका कारणले समेत समयममा काम गर्न नसकेको र विद्यालय गाउँपालिकाले वनाउने वा विद्यालयलेनै वनाउने भन्ने विषय प्रष्ट नभएको तथा ठुलो रकम वेरुजु भएका कारणले पनी गाउँपालिकाले काम गर्न नसकेको पालिकाले जनाएको छ ।
मेलुङ गाउँपालिकाका अध्यक्ष नर बहादुर श्रेष्ठले आफु गाउँपालिकाले भौतिक र शैक्षिक सुधारको राम्रो वातावरणका लागि प्रतिवद्ध रहेको बताएका छन् । मेलुङ गाउँपालिका मा भएको ३३ ओटा विद्यालय पालिकौ भएको र त्यस विद्यालयको फिर्निचर देखि शैक्षिक भौतिक तथा आर्थिक सवै कुराले सक्षम बनाउनका लागि मेलुङ वासीको भविष्य प्रति कुठराधार नगर्ने र राम्रो वातावरण बनाउन गाउँपालिका प्रतिवद्ध रहेको उनले बताए ।
यस आर्थिक वर्षको १ करेड ५० लाख रकम फ्रिज गए संगै विद्यालयका प्रधानध्यापक सन्तोष श्रेष्ठले गाउँपालिका अध्यक्ष र कार्यकारीले नियत वस रकम फ्रिज गराएको आरोप लगाएका छन् । रकम विद्यालयको खातामा रकमान्तरण गर्नको लागि आफुले पटक पटक आग्रह गरेको भएता पनी विद्यालयको खातामा रकम रकमान्तरण नगरेको र पछि मात्र रकम फ्रिज गएको आफुले जनाकारी पाएको बताएका छन् । दर्पण संचार डट कमको सहयोगमा