सप्तरीमा एक जना न्यायाधीशमा समेत कोरोना सं’क्रमण पुष्टि भएको छ । आइतबार एक जना न्यायाधीश, एक जना प्रहरीसहित सात जना नयाँ कोरोना सं’क्रमित थपिएका छन् ।
उच्च अदालत जनकपुरधामको राजविराज इजलासमा कार्यरत ५८ वर्षीय न्यायाधीशमा कोरोना सं’क्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।
यो पनि पढ्नुस्
जनकपुरधाममा अहिले झुलनोत्सव प्रारम्भ भएको छ । तर अन्य वर्षको तुलनामा रौनक कम भएको छ । कोरोना प्रभावले गर्दा मठ मन्दिरमा भीडभाड़ नगर्न स्थानीय प्रसाशनले निर्देशन दिएपछि यति बेला झुलनोत्सवको रौनक घटेको छ। यतिबेला श्रद्धालुको न्यून उपस्थितिबीच जनकपुरको मठ मन्दिरमा भजनकीर्तन गरी झुला महोत्सव मनाइँदैछ।
हरेक वर्षझैँ मिथिलाञ्चल क्षेत्रमा यो वर्ष पनि सनातन हिन्दू धर्मावलम्बीहरुले मठमन्दिरमा धुमधामका साथ झुला महोत्सव मनाउने गरेका छन्। साउन शुक्ल तृतीयादेखि सुरु भएको झुला उत्सव पूर्णिमासम्म मनाउने परम्परा रहेको छ। जनकपुरधाममा झुला उत्सवको आरम्भ जानकी मन्दिरका आदि महन्थ सुरकिशोर दासबाट भएको बताइन्छ।
राम अवतारको ९९ रासमध्ये प्रमुख झुला जानकी मन्दिरमा कजरी गान गाएर १५ दिनसम्म साँझ ६ बजेदेखि ९ बजेसम्म बनाउने परम्परा रहेको जानकी मन्दिरका महन्थ रामतपेश्वर दासले न्यूज २४ लाई बताउनु भयो ।
महन्थ दासले भने- ‘जानकी मन्दिरको सिंहासनबाट सीतारामलाई बाहिर ल्याई हरेक साँझ झुलामा राखेर झुलाई भोग लगाएर भजनको माध्यमबाट रामलाई व्यङ्गय गर्ने परम्परा छ। प्रमोद वनमा झुला भएको सम्झनालाई जनकपुरमा खुसी, प्रेम, बन्धनका रूपमा झुला उत्सव मनाउने परम्परा रहेको छ ।’
जनकपुरको जानकी मन्दिर, राम मन्दिर, लक्ष्मण मन्दिर, सुन्दर सदन, दुलहा दुल्ही मन्दिर, रत्न सागर, रसिक निवास र अग्नि कुण्डमा झुला उत्सव भव्यवताका साथ मनाइन्छ। जनकपुरको मठमन्दिर अतिरिक्त भक्तजनले झुला उत्सवका अवसरमा घरमा समेत भगवानलाई आसनमा राखेर झुलाउने परम्परा विकसित भएको छ।
मन्दिरमा भजनकीर्तन गरी हरेक साँझ सीताराम र राधाकृष्णको मूर्ती राखेर झुलाउने परम्परा रहेको छ। झुला महोत्सवका लागि जनकपुरका मठमन्दिरमा भव्य सरसजावट गरी साँझ सांस्कृतिक कार्यक्रम आयोजन गरिँदै आएको छ।
मन्दिरहरूमा मूर्ति झुलाउनका लागि कलात्मक सिंहासनको निर्माण गरिएको छ। जनकपुरको ५२ कुटीको नौ मन्दिरबाट डोलामा सीतारामको मूर्ति राखेर रङ्गभूमि मैदान बाह्र बिघामा ल्याएर जानकी मन्दिरका महन्थद्वारा झुला सुरु गरिन्छ।
झुला महोत्सको सुरुवात सन्त परम्परादेखि सुरु भएको मानिन्छ। सन्तहरू खुला चौरमा बसेर शालिग्रामलाई आशनमा राखेर झुलाउन गर्थे। सन्त सम्प्रदायको गढ मानिने अयोध्या र कृष्ण सम्प्रदायको गढ मानिने वृन्दावनबाट झुला परम्परा जनकपुर आएको महन्थ रामतपेश्वर दासले बताए।
जनकपुर एवं मिथिला क्षेत्रको हरेक मठमन्दिरमा झुला उत्सव मनाउने परम्परा रहे पनि जानकी मन्दिर एवं राम मन्दिरको झुला विशेष आकर्षणको केन्द्रबिन्दु बन्ने गर्छ। जानकी मन्दिरमा विशेष प्रकारको तीन सिंहासन बनाएर सीतारामलाई झुलाउने परम्परा छ।
तर कोरोनाको प्रकोपको कारण यस वर्ष भने जती भीड़ भाड़ देखिएको छैन । जानकी मन्दिरको पूर्व पट्टीको मुख्यद्वार अझै खुलेको छैन । गाउँगाउँबाट झूला हेर्न आउने व्यक्तिहरुको संख्या पनि निकै कम देखिएको छ ।