नेपाली बजारमा आज सोमबार सुन चाँदीको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । आइतबार ९६ हजार ३०० रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ आज तोलामा १२ सय रुपैयाँले बढेर ९७ हजार ५०० रुपैयाँ पुगेको छ ।
तेजावी सुन पनि आज तोलामा १२ सय रुपैयाँले नै बढेर ९७ हजार ६० रुपैयाँ पुगेको छ । चाँदी पनि आज सोमबार तोलामा ५५ रुपैयाँले बढेको छ । चाँदी आज प्रति तोला १२ सय १० रुपैयाँमा कारोबार भैरहेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको भाउ ८३ हजार ५९० रुपैयाँ, प्रति १० ग्राम तेजावी सुनको मूल्य ८३ हजार २१५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य एक हजार ३७ रुपैयाँ ५० पैशा कायम गरेको छ ।
यो पनि पढ्नुस्
साउनको दोस्रो सोमबार आज पशुपतिनाथको मन्दिरमा बिहानैदेखि भक्तजनको भीड लागेको छ । महिनामा साउन र बारमा सोमबार भगवान् शिवको बार भएकाले यस दिनमा शिवजीको पूजा आराधना एवम् दर्शन गर्नाले मनोकामना पूरा हुन्छ भन्ने धार्मिक विश्वासमा भक्तजनको भीड लागेको हो ।
साउनको सोमबार शिवलाई शुद्ध जल चढाएर खुसी बनाउन सकिन्छ भन्ने शास्त्रीय मान्यता छ । हिन्दु धर्मावलम्बीहरुका लागि साउन महिना पवित्र मानिन्छ । साउने सोमबारका दिन हिन्दु धर्म मान्नेहरुले शिव मन्दिरमा गई पूजाआजा गर्ने चलन छ ।
यस पटक भने कोरोना महामारीका कारण धेरै भीडभाड हुने ठाउँहरु बन्द भएकाले मन्दिरहरु पनि पूर्ण रुपमा खुलेका छैनन् । कोरोना महामारीका कारण पशुपतिनाथ मन्दिर पनि सर्वसाधारणका लागि खुला गरिएको छैन । त्यसैले आज धेरै भक्तजनहरुले बाहिरैबाट पशुपतिनाथको दर्शन गरिरहेका छन् ।
कोरोना महामारीका कारण पशुपतिनाथ मन्दिर पनि सर्वसाधारणका लागि खुला गरिएको छैन । त्यसैले आज धेरै भक्तजनहरुले बाहिरैबाट पशुपतिनाथको दर्शन गरिरहेका छन् । पशुपतिको सबैतर्फको मूलद्वार बन्द गरिएको छ ।
हरेक बर्ष साउनको प्रत्येक सोमबार पशुपिनाथमा विशेष भिडभाड हुने गर्दछ । भक्तजनहरुले सुन्दरीजलबाट जल ल्याएर पशुपति नाथमा चढाउने गरेका थिए । कोरोनाका कारण शिव मन्दिरहरुमा विगतमा जस्तो भीडभाड रहेको छैन ।