नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाउने तयारी गरेको छ । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य बढेसँगै भारतमा डिजेलको भाउ दिनप्रति दिन बढेपछि अगष्टमा मूल्य बढाउने तयारी भएको जनाइएको छ । भारतमा डिजेलको मूल्य बढ्दा प्रत्यक्ष असर नेपालमा पर्न थालेपछि निगमलाई पेट्रोल, डिजेल लगायतका पेट्रोलियम पदार्थको मूल्य समायोजन गर्नुपर्ने द’बाब बढेको निगमले जनाएको छ ।
निगमका प्रवक्ता विनितमणि उपाध्यायका अनुसार अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य आकासिनु, भारतसँग सीमा जोडिएका नाकामा मूल्यान्तर बढेर जानु, निगमको घाटा एकपछि अर्को बढेर जानु, विगतमा अन्तर्राष्ट्रिय बजारमा मूल्य बढ्दा नेपालले स्वचालित मूल्य समायोजन नगर्नु जस्ता कारणले निगम मूल्य बढाउनैपर्ने दबाबमा पुगेको हो ।
पेट्रोलियम पदार्थमा अन्तर्राष्ट्रिय बजारमा आउने फेरबदलअनुसार नेपाल आयल निगमले प्रत्येक १५÷१५ दिनमा मूल्य समायोजन गर्दै आएको थियो । प्रत्येक महिनाको १ र १६ तारिखमा मूल्य समायोजन गर्दै आएको निगमले बन्दाबन्दीको समयमा खपतमा कमी आएको भन्दै मूल्य समायोजन गरेको थिएन् ।
यो पनि पढ्नुस्
सामाजिक संजाल तथा विभिन्न युटुब मिडियाहरुमा अहिले ‘मेमोरी किंग’ को उपमा पाएका विजय शाहीको चर्चा निकै चुलिएको छ । मानव जीवनमा कल्पना नै गर्न नसकिने बिलक्षिण क्षमता भएको प्रतिभा देख्नु हाम्रो नेपाल र नेपालीहरुको सम्मान र गर्वको कुरा हो । उनको बारेमा विभिन्न ब्यक्तिहरुले आफ्नो धारणा प्रस्तुत गर्दै आइरहेका छन् ।
उनको बारेमा सामाजिक संजालमा अनेक टिका टिप्पणी आइरहेका बेलाविश्व रेकर्ड राखेका चित्र कुमार कार्कीले विजय शाहीलाई रोबोटसँग तुलना गरेका छन् । विजय शाही जस्तो प्रतिभावन व्यक्तिको बारेमा अरुले बोलेका कुरा र नकारात्मक रुपमा ट्रोल बनाएकोप्रति आफुलाई चित्त नबुझेको बताएका छन् । विजयलाई अरुसँग तुलना गर्ने र उनको नक्कल गरेर उनको खिल्ली उडाउने कार्यले विजयलाई हत्तोतसहित गर्ने काम भइरहेको इनले बताएका छन् ।
विजयसँग क्षमता भएको र आफुलाई महसुस भएपश्चात मात्र मिडियामा ल्याएको उनको भनाइ छ । तात्तातो खबरका भाग्य न्यौपाने, रिपोटर्स क्लबका ऋषि धमला र इन्द्रेणी कार्यक्रम संचालक कृष्ण कडेलको कार्यक्रमबाट मानब जातिमा सोच्न्न नसकिने आफ्नो जादुमय जस्तो देखिने क्षमताको प्रतिभा सार्बजनिक गरी देखिन थाल्दा त्यी कार्यक्रम समेत सेटिंगमा संचालन गरेका भनेर बोल्ने नकारात्मक सन्देश प्रबाह गरेर खुट्टा तान्ने प्रवृति देखिएको प्रति आफुलाई दु:ख लागेको बताएका छन् ।
जेहेन्दार प्रतिभालाई हौसला सम्मान दिनु मानब जतिको नै सभ्यता हो भन्दै कार्कीले विजयलाई थप हौसला दिनुपर्ने उनको भनाइ छ । उनीसँग गरिएको कुराकानी तलको भिडियोमा हेर्नुहोला :