पशुपति क्षेत्र विकास कोषले पाशुपत क्षेत्रमा मानवीय ख’तरा एवं आ’पराधिक गतिविधि शून्य बनाउन नयाँ सुरक्षा रणनीति तय गरेको छ। पा’केटमा’री, झैं’झग’डा, भा’गदौ’ड, ठ’गी, मा’दक प’दार्थ से’वन तथा बिक्री वितरणदेखि प्राकृतिक प्रकोपसम्म लक्ष्य गरी नयाँ रणनीति अपनाउन लागिएको कोषले जनाएको छ।
विश्वका करिब १ करोड हिन्दूको आस्थाको केन्द्र एवं विश्व सम्पदा सूचीमा सूचीकृत पाशुपत क्षेत्रमा उच्च सुरक्षा अपनाउनुपर्ने अवस्था देखिएको ठहर कोषले गरेको छ। कोषका कोषाध्यक्ष डा. मिलनकुमार थापाले अब नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी, पर्यटक प्रहरी, ट्राफिक प्रहरी र स्वयंसेवकसम्म परिचालन हुने जानकारी दिएका छन्।
उनका अनुसार पशुपतिनाथ मन्दिर र परिसरका सम्पत्ति तथा सम्पदा, कोषको सम्पत्ति, पाशुपत क्षेत्रका सम्पदा, अन्य सबै प्रकृतिका सम्पत्ति लगायतको सुरक्षामा बढी केन्द्रित गरिनेछ। थापाका अनुसार पशुपति, गुह्येश्वरीजस्ता विशेष मन्दिर प्रवेशद्वारमा वाकथ्रु गेट र मेटल डिटेक्टर, पशुपति, गुह्येश्वरी, मृगस्थली, विश्वरुपा, भुवनेश्वरी, जयबागेश्वरी, गौरीघा’ट भण्डारखाल, देवउद्यान, आर्यघा’ट, भष्मेश्वर घा’ट, १५ शिवालय र राम मन्दिर लगायत स्थानमा सीसीटीभी जडान गरिनेछ।
मन्दिर परिसर र ठूला सत्तलमा अग्निनियन्त्रक, पाशुपत क्षेत्रका खुला स्मारक र विशेष संवेदनशील ठाउँमा बिजुलीबत्ती, पाशुपत क्षेत्रमा कार्यरत सुरक्षाकर्मीलाई आपत्कालीन सूचना प्रवाह गर्न साइरन आदिको व्यवस्था गर्न लागिएको छ। सुरक्षा रणनीतिमा कोषले भीआईपी अट्र्याक्टदेखि प्राइज फाइटिङ, सिमुलेसन एक्सरसाइजजस्ता कुरामा केन्द्रित गरेको छ। गस्ती, विशेष, अस्थायी, स्थायी, चाडपर्व, विशिष्ट व्यक्तिको आगमन, आपत्कालीन आदि विभिन्न प्रकारका सुरक्षा हुनेछन्।
यो पनि पढ्नुस्
टिकटक युवा वर्गमा निकै लोकप्रिय छ । पछिल्लो समय युवा उमेर बाहेकका मानिसहरु पनि यसमा झुम्मिने गरेका छन् । विभिन्न गीतका क्लिपमा नाच्ने र अभिनय गरेर अपलोड गर्न मिल्ने यो एप विश्वभर दुई करोड बढी पटक डाउनलोड भैसकेको छ ।
छोटो भिडियोका चर्चित चिनियाँ भिडियो प्ल्याटफर्म टिकटकले आफ्ना प्रयोगकर्ताका लागि अब पैसा दिने भएको छ । छोटो समयमै स्थापित टिकटकले खासगरी चर्चित प्रयोगकर्ता र नयाँ प्रयोगकर्तालाई लक्षित गर्दै यस्तो सुविधाको घोषणा गरेको हो । बिहीबार एक विज्ञप्ति जारी गर्दै कम्पनीले आफ्नो नयाँ घोषणाको लागि करिब २४ अर्ब रुपैयाँ (२० करोड डलर)को कोष बनाउन लागेको सीएनएनले जनाएको छ ।
यो सुविधाले रचनात्मक कन्टेन्टमार्फत प्रगतिको अवसर खोजिरहेका प्रयोगकर्तालाई सहयोग पुग्ने टिकटकले जनाएको छ । टिकटकका अनुसार उक्त कोषबाट यो बर्षको अन्त्यतिर नगद वितरण सुरु हुनेछ ।
टिकटकका अमेरिका महाप्रबन्धक बेनेसा वैनेसाले एक ब्लगमा यसको जानकार दिएकाे छ। उनले भनेका छन्, ‘राम्रो कन्टेन्ट बनाउने टप प्रयोगकर्तालाई जीविका चलाउन मद्दत गर्ने हेतुले यस्तो योजना ल्याइएको हो। जसका लागि हाल नै २ सय मिलियन करोडको कोष बनाएको हो । यो कोषबाट वर्षको अन्त्यमा पैसा दिन सुरु गरिनेछ ।’ तर प्रयोगकर्तालाई कति पैसा दिने भन्ने बारे भने केही खुलाएको छैन ।
टिकटकका प्रयोगकर्ताले कसरी उक्त रकम पाउँछन् भन्ने स्पष्ट नभएपनि कोषको रकम बढ्दै जाने र यसलाई बजारमा प्रतिस्पर्धि बनाइरहने कम्पनीका प्रवक्ताले जनाएका छन् ।