महाबौद्धका एक व्यवसायीको परिवारका पाँच सदस्यमा कोरोना सं’क्रमण भएको पुष्टि भएपछि वरपरका केही पसल बन्द भएका छन् । स्थानीय तहले समुदायमा कोरोना फैलिएको आ’शं’कामा पीसीआर परीक्षण गर्ने तयारी गरेको छ । जोखिम बढेपछि सं’क्रमित नजिकका स्थानीय र कन्ट्राक्ट ट्रेसिङमा परेकाको पीसीआर गरी समुदायमा फैलिएको वा नफैलिएको जाँच गर्ने तयारी गरिएको बताईएको छ ।
एकै परिवारका सबै सदस्यमा सं’क्रमण देखिएपछि समुदायमा फैलिएको हो कि भन्ने आ’शं’का गरिएको छ । मानिसहरू भने निर्वाध बिनासुरक्षा ओहोरदोहोर गरिरहेका छन् । महाबौद्धस्थित सं’क्रमण देखिएको क्षेत्रका केही पसलबाहेक अन्य क्षेत्रमा भीड पुरानै अवस्थामा छ । पसलमा मानिसको घुइँचो छ ।
फुटपाथ पुरानै अवस्थामा छ । मानिसहरू मास्क नलगाई पनि हिँड्ने गरेका छन् । व्यापारीले पनि कुनै सुरक्षा अपनाएको देखिँदैन । बढी भीडभाड भएका क्षेत्रमा जो’खिम भए पनि स्थानीय निकालयले पनि सुरक्षा प्रबन्धमा खासै ध्यान पुर्याउन सकेको छैन । सं’क्रमण फैलिए पनि अहिले तत्काल आसपासका क्षेत्र बन्द गर्न सकिने अवस्था नरहेको बताईएको छ ।
यो पनि पढ्नुस्
टिकटक युवा वर्गमा निकै लोकप्रिय छ । पछिल्लो समय युवा उमेर बाहेकका मानिसहरु पनि यसमा झुम्मिने गरेका छन् । विभिन्न गीतका क्लिपमा नाच्ने र अभिनय गरेर अपलोड गर्न मिल्ने यो एप विश्वभर दुई करोड बढी पटक डाउनलोड भैसकेको छ ।
छोटो भिडियोका चर्चित चिनियाँ भिडियो प्ल्याटफर्म टिकटकले आफ्ना प्रयोगकर्ताका लागि अब पैसा दिने भएको छ । छोटो समयमै स्थापित टिकटकले खासगरी चर्चित प्रयोगकर्ता र नयाँ प्रयोगकर्तालाई लक्षित गर्दै यस्तो सुविधाको घोषणा गरेको हो । बिहीबार एक विज्ञप्ति जारी गर्दै कम्पनीले आफ्नो नयाँ घोषणाको लागि करिब २४ अर्ब रुपैयाँ (२० करोड डलर)को कोष बनाउन लागेको सीएनएनले जनाएको छ ।
यो सुविधाले रचनात्मक कन्टेन्टमार्फत प्रगतिको अवसर खोजिरहेका प्रयोगकर्तालाई सहयोग पुग्ने टिकटकले जनाएको छ । टिकटकका अनुसार उक्त कोषबाट यो बर्षको अन्त्यतिर नगद वितरण सुरु हुनेछ ।
टिकटकका अमेरिका महाप्रबन्धक बेनेसा वैनेसाले एक ब्लगमा यसको जानकार दिएकाे छ। उनले भनेका छन्, ‘राम्रो कन्टेन्ट बनाउने टप प्रयोगकर्तालाई जीविका चलाउन मद्दत गर्ने हेतुले यस्तो योजना ल्याइएको हो। जसका लागि हाल नै २ सय मिलियन करोडको कोष बनाएको हो । यो कोषबाट वर्षको अन्त्यमा पैसा दिन सुरु गरिनेछ ।’ तर प्रयोगकर्तालाई कति पैसा दिने भन्ने बारे भने केही खुलाएको छैन ।
टिकटकका प्रयोगकर्ताले कसरी उक्त रकम पाउँछन् भन्ने स्पष्ट नभएपनि कोषको रकम बढ्दै जाने र यसलाई बजारमा प्रतिस्पर्धि बनाइरहने कम्पनीका प्रवक्ताले जनाएका छन् ।