भारतमा पछिल्लो २४ घण्टामा हासम्मकै सबैभन्दा धेरै ४९ हजार ६३२ जनामा कोरोना भाइरसको नयाँ सं’क्रमित थपिएका छन् । योसँगै भारतमा कोरोना सं’क्रमितको संख्या १५ लाख ३२ हजार १३५ पुगेको छ ।
गत आइतबार सं’क्रमितको ४८ हजार ९३२ थियो । सोमबार सं’क्रमितको संख्या केही घटेका थिए । सोमबार सोमबार ४६ हजार ४८४ जना मात्रै सं’क्रमित फेला परेका थिए । तर मंगलबार भने एक्कासी बढेर झण्डै ५० हजारको हारहारीमा सं’क्रमित थपिएका हुन् ।
अहिलेसम्म भारतमा कोरोना भाइरसको सं’क्रमणबाट ३४ हजार २ सय २४ को ज्या’न गइसकेको छ । पछिल्लो २४ घण्टाको अवधिमा भारतमा ७७६ भन्दा बढीले ज्या’न गु’माइसकेका छन् । त्यस्तै ५ लाख ९ हजार १४१ जना निको भएर घर फर्किएका छन् ।
यो पनि पढ्नुस्
सन् २०२२ सम्म पाटे बाघको सङ्ख्या दोब्बर बनाउने लक्ष्य नजिक नेपाल पुगेको छ । पछिल्लो गणना सन् २०१८ अनुसार नेपालमा पाटे बाघको सङ्ख्या २३५ वटा थियो । यो सङ्ख्या मात्र वयस्क बाघको हो ।
नेपालको प्रतिबद्धता अनुसार सन् २०२२ भित्र नेपालले २५० बाघको सङ्ख्या पु¥याउनुपर्नेछ । हालको सङ्ख्यामा १५ वटा मात्र बाघ थपिए पनि प्रतिबद्धता पूरा गर्ने देश सहजै बन्नेछ ।
गणनाका लागि क्यामरा ट्र्यापिङ गर्दा प्रशस्त बाघका डमरु देखेका छौँ तर सबैको गणना भएको छैन । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका प्रवक्ता विष्णुप्रसाद श्रेष्ठले भने । त्यस अवधिमा देखिएका र सन् २०२१ भित्र थपिने सङ्ख्याले नेपालले लक्ष्य सहजै भेट्ने विश्वास उनले व्यक्त गरे । यसअघि सन् २०१० मा नेपालसँग १२१ वटा बाघ थिए । सन् २०१३ को गणनामा १९८ वटा बाघ पुगेको थियो ।
बाघ संरक्षण कार्ययोजना बनाएर नेपालले बाघ संरक्षण गरिरहेको छ । बाघको बासस्थान, पानीको स्रोत र प्रजातिको संरक्षणलाई मुख्य प्राथमिकता दिइएको छ । बाघको सङ्ख्या बढेपछि देखिएको मानव बाघ द्वन्द्वको नयाँ चुनौती सामना र अनुकूलन गर्न योजनाअनुसार काम भइरहेको छ । यसमा बाघको आक्रमणमा परेकालाई राहत तथा समुदायलाई बाघमैत्री बनाउन सरकार अग्रसर छ ।
सन् २०१० मा रुसमा बाघ पाइने देशको सम्मेलन भएको थियो । नेपालसहित १३ देशले सन् २०२२ सम्म पाटे बाघको सङ्ख्या दोब्बर बनाउने प्रतिबद्धता जनाएको थियो । यो खबर आजको गोरखापत्र दैनिकमा समाचार छ ।