बुध ग्रहलाई भगवान विष्णुको प्रतिनिति मानिन्छ, त्यसैले धन, वैभवआदिका सम्बन्ध बुधसँग छ । बुधको दिशा उत्तर हो र उत्तर दिशा कुबेरको स्थान पनि हो । बुधलाई कुनै महत्वपूर्ण तथ्यहरुको कारक ग्रह पनि मानिएको छ, जस्तै वाणीको कारक, बुद्धिको कारक, त्वचाको कारक, मस्तिष्कको तंत्रिका तन्त्रको कारक आदि ।
यदि तपाईको घरमा आयभन्दा बढी व्यय अर्थात् खर्च भइरहेको छ, घरमा कलेश मचिरहेको छ भने बुधवारका दिन बुध ग्रहलाई पुज्नुहोस्, समस्याबाट राहत मिल्न सक्छ । किनकि तपाईको जीवनमा कुनै उपायहरुलाई अपनाएर बुध ग्रहको अशुभ प्रभावलाई हटाउँनका साथ–साथै विद्या, धन लाभ तथा व्यापारिक उन्नति र स्वास्थ्य लाभ मिल्न सक्छ । यसबाहेक बुढेसकालबाट टाढा रहनुहुन्छ, जसबाट जीवनमा नयाँ जोश भरिन्छ । अन्य केही कार्यहरु निम्न छन् :
१. बुध ग्रहको प्रसन्नताका लागि भगवती दुर्गाको प्रजा–आजा गर्नुपर्छ ।
२. वुधबारको दिन हरियो घाँसपात बस्तु–भाउलाई खुवाउँनुहोस् ।
३. समलिंगीको सेवा गर्नुहोस् ।
४. हरियो चना भिजाएर चरा–चुरंगीलाई खुवाउँनुहोस् ।
५. नौ बर्षभन्दा कम उमेरको कन्याको खुट्टा धोएर उनलाई प्रणाम गरेर आशीर्वाद लिनुहोस् ।
६. बुधवार व्रत बस्नुहोस् ।
७. बुध ग्रहको अशुभतालाई शुभतामा परिवर्तन गर्न पूजा गर्नुहोस् ।
८. धनको कामनाका लागि बुधवारको दिन श्री गणेशलाई घिउ र सख्खरको भोग लागाउँनुहोस् ।
बुधबार यी ५ काम गर्नुस्, शुभ खबर पाइनेछ
बुधबार बुध ग्रहको लागि समर्पित गरिन्छ। यस दिन गरिने केही कर्मले जिन्दगी भरी फल दिन्छ। बुधबार के गर्दा जिन्दगी समृद्ध हुन्छ, जान्नुहोस्:
– बुधबार गणेश भगवानको पूजा गर्नु फलदायी मानिन्छ। मन्दिर वा घरैमा गणेश भगवान वा दुर्गालाई पूजा गर्दा छिट्टै शुभ खबर पाइनेछ।
– बुधबार मुंगको दाल दान गर्दा कष्ट निवारण हुन्छ।
– जसको कुण्डलीमा बुध ग्रहको दोष छ खासगरी बुधबार गणेशलाई लड्डु चढाउनु फलदायी मानिन्छ।
– हिन्दु धर्ममा गाईलाई पूजनीय मानिन्छ। विशेषगरी बुधबार-गाईलाई हरियो घाँस दिने व्यक्तिलाई सबै देवी-देवताको कृपा हुने गर्छ।
– बुधबार गणेश भगवानलाई सिन्दुर चढाउँदा मनले चिताएको पुग्ने विश्वास गरिन्छ।
यो पनि पढ्नुस्
सन् २०२२ सम्म पाटे बाघको सङ्ख्या दोब्बर बनाउने लक्ष्य नजिक नेपाल पुगेको छ । पछिल्लो गणना सन् २०१८ अनुसार नेपालमा पाटे बाघको सङ्ख्या २३५ वटा थियो । यो सङ्ख्या मात्र वयस्क बाघको हो ।
नेपालको प्रतिबद्धता अनुसार सन् २०२२ भित्र नेपालले २५० बाघको सङ्ख्या पु¥याउनुपर्नेछ । हालको सङ्ख्यामा १५ वटा मात्र बाघ थपिए पनि प्रतिबद्धता पूरा गर्ने देश सहजै बन्नेछ ।
गणनाका लागि क्यामरा ट्र्यापिङ गर्दा प्रशस्त बाघका डमरु देखेका छौँ तर सबैको गणना भएको छैन । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका प्रवक्ता विष्णुप्रसाद श्रेष्ठले भने । त्यस अवधिमा देखिएका र सन् २०२१ भित्र थपिने सङ्ख्याले नेपालले लक्ष्य सहजै भेट्ने विश्वास उनले व्यक्त गरे । यसअघि सन् २०१० मा नेपालसँग १२१ वटा बाघ थिए । सन् २०१३ को गणनामा १९८ वटा बाघ पुगेको थियो ।
बाघ संरक्षण कार्ययोजना बनाएर नेपालले बाघ संरक्षण गरिरहेको छ । बाघको बासस्थान, पानीको स्रोत र प्रजातिको संरक्षणलाई मुख्य प्राथमिकता दिइएको छ । बाघको सङ्ख्या बढेपछि देखिएको मानव बाघ द्वन्द्वको नयाँ चुनौती सामना र अनुकूलन गर्न योजनाअनुसार काम भइरहेको छ । यसमा बाघको आक्रमणमा परेकालाई राहत तथा समुदायलाई बाघमैत्री बनाउन सरकार अग्रसर छ ।
सन् २०१० मा रुसमा बाघ पाइने देशको सम्मेलन भएको थियो । नेपालसहित १३ देशले सन् २०२२ सम्म पाटे बाघको सङ्ख्या दोब्बर बनाउने प्रतिबद्धता जनाएको थियो । यो खबर आजको गोरखापत्र दैनिकमा समाचार छ ।