गायिका ज्योति मगरको तीज ब्याटल ‘भेडा भर्सेस कोइली’ गीत सार्वजनिक भएको छ । पछिल्लो समय तीज गीतमा भित्रिएको विकृतिलाई व्यङ्ग्य गर्दै ज्योति मगरले ‘भेडा भर्सेस कोइली’ ल्याएकी छिन् ।
यो गीतमा उनलाई नेत्र भण्डारीले स्वरमा साथ दिएका छन् । करण न्यौपानेको शब्द, संगीत र विपिन कार्कीको संगीत संयोजन रहेको गीतको भिडियो समेत बनेको छ ।
भिडियोमा यसराज, नरेश, जेम्स, निरज, ज्योती, पूजन र रुबीनाको अभिनय देख्न सकिन्छ । अशोक बिकको छायांकन तथा निर्देशन रहेको भिडियो रविन विक सम्पादन गरेका हुन् ।
यो पनि पढ्नुस्
सन् २०२२ सम्म पाटे बाघको सङ्ख्या दोब्बर बनाउने लक्ष्य नजिक नेपाल पुगेको छ । पछिल्लो गणना सन् २०१८ अनुसार नेपालमा पाटे बाघको सङ्ख्या २३५ वटा थियो । यो सङ्ख्या मात्र वयस्क बाघको हो ।
नेपालको प्रतिबद्धता अनुसार सन् २०२२ भित्र नेपालले २५० बाघको सङ्ख्या पु¥याउनुपर्नेछ । हालको सङ्ख्यामा १५ वटा मात्र बाघ थपिए पनि प्रतिबद्धता पूरा गर्ने देश सहजै बन्नेछ ।
गणनाका लागि क्यामरा ट्र्यापिङ गर्दा प्रशस्त बाघका डमरु देखेका छौँ तर सबैको गणना भएको छैन । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका प्रवक्ता विष्णुप्रसाद श्रेष्ठले भने । त्यस अवधिमा देखिएका र सन् २०२१ भित्र थपिने सङ्ख्याले नेपालले लक्ष्य सहजै भेट्ने विश्वास उनले व्यक्त गरे । यसअघि सन् २०१० मा नेपालसँग १२१ वटा बाघ थिए । सन् २०१३ को गणनामा १९८ वटा बाघ पुगेको थियो ।
बाघ संरक्षण कार्ययोजना बनाएर नेपालले बाघ संरक्षण गरिरहेको छ । बाघको बासस्थान, पानीको स्रोत र प्रजातिको संरक्षणलाई मुख्य प्राथमिकता दिइएको छ । बाघको सङ्ख्या बढेपछि देखिएको मानव बाघ द्वन्द्वको नयाँ चुनौती सामना र अनुकूलन गर्न योजनाअनुसार काम भइरहेको छ । यसमा बाघको आक्रमणमा परेकालाई राहत तथा समुदायलाई बाघमैत्री बनाउन सरकार अग्रसर छ ।
सन् २०१० मा रुसमा बाघ पाइने देशको सम्मेलन भएको थियो । नेपालसहित १३ देशले सन् २०२२ सम्म पाटे बाघको सङ्ख्या दोब्बर बनाउने प्रतिबद्धता जनाएको थियो । यो खबर आजको गोरखापत्र दैनिकमा समाचार छ ।