बरिष्ठ कलाकार हरिवंश आचार्यको गाईजात्रा गीत ‘तिमी केको जान्ने, तिमी केको सुन्ने, म पो जान्ने सुन्ने…’ सार्वजनिक भएको छ । आचार्यको शब्द, संगीत र स्वर रहेको गीतको भिडियो पनि बनेको गीतमा राजनीतिक व्यङ्ग्य पस्किएको छ ।
नेपालको हरेक राजनीतिक दलमा ठूलो, सानो भन्ने तछाड मछाड छ त्यही यर्थाथलाई गीतमा व्यक्त गरिएको छ । भिडियोमा हरि हुमागाईंको छायाँकन र सुशिल न्यौपानेको सम्पादन रहेको छ ।
सागरराज शर्माको निर्देशन रहेको भिडियोमा हरिवंश आचार्य, सशिकुमार खड्का, किरण तुलाधर, विकाश भट्टराई, सुश्मा कार्की, धनराम मुस्कान, अनिल जिसी (बुलेट), सम्राट घिमिरे, दीप शेर्पाली, सुवाश महत, शंकर बिसीलगायतको अभिनय रहेको छ ।
यो पनि पढ्नुस्
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधानसभा र व्यवस्थापिका संसद्मा व्यक्त गरेका विचारहरुको सँगालो ‘गणतन्त्रको पहिलो दशक’ पुस्तक सार्वजनिक भएको छ।
प्रज्ञा स्मृति प्रतिष्ठानले विसं २०६५ देखि २०७५ सम्म संविधानसभा र व्यवस्थापिका–संसद्मा पूर्वप्रधानमन्त्री दाहालले सम्बोधन गरेका कुरालाई विभिन्न ४२ शीर्षकमा पुस्तकमा समेटेको छ। अध्यक्ष दाहालका प्रेस संयोजक विष्णुप्रसाद सापकोटाले कोरोना भाइरसका कारणले पुस्तकलाई औपचारिकरूपमा सार्वजनिक नगरी बजारमा उपलब्ध गराइएको बताए।
उनले पुस्तकमा भएका सामग्रीका सन्दर्भमा कोभिड–१९ सहज भएपछि अन्तक्रिया गरिने जानकारी दिए। संसदीय राजनीतिलाई सशस्त्र यु’द्धमा लैजान सक्ने, सशस्त्र यु’द्धलाई शान्तिपूर्ण रुपान्तरण गराउन सक्ने, सशस्त्र यु’द्ध र शान्तिपूर्ण जनआ’न्दोलनलाई संयोजन गराउन सक्ने, जनयु’द्ध र जनआ’न्दोलनले उठाएका सङ्घीयता, गणतन्त्र, समावेशी, समानुपातिक प्रतिनिधित्व, धर्मनिरपेक्षताजस्ता विषयलाई संस्थागत गर्न सक्ने नेता दाहालले नयाँ संविधानको निर्माण गर्दा खेल्नुभएको भूमिका पुस्तकमा समेटिएको उनले बताए।
दुई सय ४० वर्ष लामो राजतन्त्रलाई परास्त गरी सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न संविधान निर्माण गरिएको घ’टना तथा सो संविधानअन्तर्गत रहेर स्थानीय, प्रादेशिक र सङ्घीय निर्वाचन गराउन भोगिएका परिघ’टना र सङ्घर्ष पुस्तकमा उल्लेख गरिएको छ।
सत्तामा रहँदा प्रतिपक्षलाई सँगै लिएर हिँड्न सक्ने तथा प्रतिपक्षमा रहँदा सत्तापक्षसँग मिल्न सक्ने लचकदार एवं समय र परिस्थितिको तत्काल बोध गर्न सक्ने नेताका रूपमा दाहालले खेलेको भूमिका पुस्तकमा पाइन्छ। विभिन्न राजनीतिक शक्तिबीच भएका सङ्घर्ष तथा पुरानो व्यवस्थाको प्रतिनिधित्व गर्ने वर्ग, संस्कृति र विचारसँगको टकराव एवं रुपान्तरणका अनेक प्रयास यसमा अभिलिखित छन्।