वीरगञ्ज महानगरपालिका प्रमुख विजयकुमार सरावगीमा कोरोना भाइरस (कोभिड–१९) को सं’क्रमण पुष्टि भएको छ । स्वास्थ्य परीक्षणका लागि काठमाडौं आएका सरावगीको त्यहीँ स्वाब संकलन गरेर परीक्षण गरिएको थियो । उनले परीक्षण रिपोर्ट पोजेटिभ आएको जानकारी दिएका छन् ।
उनले भने, ‘तपाईंहरुको सेवामा अनवरत रुपमा लाग्दालाग्दै म स्वयं कोरोनाको सं’क्रमणको चपेटामा परेको छु, ‘काठमाडौंको एक अस्पतालमा उपचार भइरहेको छ ।’
कोरोना संक्रमणलाई जितेर पुनः नगरबासीको सेवामा फर्किने समेत उनले बताएका छन् । वीरगञ्जमा कोरोना समुदाय स्तरमा फैलिएको मानिएको छ । मेयर सरावगी भारतबाट आएकाहरुको क्वारेन्टिन, सं’क्रमितहरुको आइसोलेसनमा खटिँदै आएका थिए ।
उनले चन्दा संकलन गरेर पीसीआर मेसिन खरिद गर्नुको साथै क्वारेन्टिन, आइसोलेसन र कोभिड अस्पतालमा रहेका सं’क्रमितसहित अस्पतालमा कार्यरत डाक्टर, स्वास्थ्यकर्मी र सफाइकर्मीको खाना र बस्ने व्यवस्था मिलाएका छन् ।
यो पनि पढ्नुस्
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधानसभा र व्यवस्थापिका संसद्मा व्यक्त गरेका विचारहरुको सँगालो ‘गणतन्त्रको पहिलो दशक’ पुस्तक सार्वजनिक भएको छ।
प्रज्ञा स्मृति प्रतिष्ठानले विसं २०६५ देखि २०७५ सम्म संविधानसभा र व्यवस्थापिका–संसद्मा पूर्वप्रधानमन्त्री दाहालले सम्बोधन गरेका कुरालाई विभिन्न ४२ शीर्षकमा पुस्तकमा समेटेको छ। अध्यक्ष दाहालका प्रेस संयोजक विष्णुप्रसाद सापकोटाले कोरोना भाइरसका कारणले पुस्तकलाई औपचारिकरूपमा सार्वजनिक नगरी बजारमा उपलब्ध गराइएको बताए।
उनले पुस्तकमा भएका सामग्रीका सन्दर्भमा कोभिड–१९ सहज भएपछि अन्तक्रिया गरिने जानकारी दिए। संसदीय राजनीतिलाई सशस्त्र यु’द्धमा लैजान सक्ने, सशस्त्र यु’द्धलाई शान्तिपूर्ण रुपान्तरण गराउन सक्ने, सशस्त्र यु’द्ध र शान्तिपूर्ण जनआ’न्दोलनलाई संयोजन गराउन सक्ने, जनयु’द्ध र जनआ’न्दोलनले उठाएका सङ्घीयता, गणतन्त्र, समावेशी, समानुपातिक प्रतिनिधित्व, धर्मनिरपेक्षताजस्ता विषयलाई संस्थागत गर्न सक्ने नेता दाहालले नयाँ संविधानको निर्माण गर्दा खेल्नुभएको भूमिका पुस्तकमा समेटिएको उनले बताए।
दुई सय ४० वर्ष लामो राजतन्त्रलाई परास्त गरी सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न संविधान निर्माण गरिएको घ’टना तथा सो संविधानअन्तर्गत रहेर स्थानीय, प्रादेशिक र सङ्घीय निर्वाचन गराउन भोगिएका परिघ’टना र सङ्घर्ष पुस्तकमा उल्लेख गरिएको छ।
सत्तामा रहँदा प्रतिपक्षलाई सँगै लिएर हिँड्न सक्ने तथा प्रतिपक्षमा रहँदा सत्तापक्षसँग मिल्न सक्ने लचकदार एवं समय र परिस्थितिको तत्काल बोध गर्न सक्ने नेताका रूपमा दाहालले खेलेको भूमिका पुस्तकमा पाइन्छ। विभिन्न राजनीतिक शक्तिबीच भएका सङ्घर्ष तथा पुरानो व्यवस्थाको प्रतिनिधित्व गर्ने वर्ग, संस्कृति र विचारसँगको टकराव एवं रुपान्तरणका अनेक प्रयास यसमा अभिलिखित छन्।