प्रहरी प्रधान कार्यालयमा कार्यरत थप २८ जना प्रहरीमा कोरोना भाइरस (कोभिड-१९) को सं’क्रमण देखिएको छ । पहिले सं’क्रमित भएकाहरूको कन्ट्याक्ट ट्रेसिङमार्फत् स्वाब संकलन गरी परीक्षण गर्दा थप २८ जनामा काेराेना सं’क्रमण देखिएको हो । याेसँगै प्रहरी प्रधान कार्यालयका कोरोनाभाइरस सं’क्रमित हुनेको संख्या ७२ पुगेको छ ।
केन्द्रीय कार्यालयका प्रवक्ता एसएसपी कुवेर कडायतका अनुसार सं’क्रमितहरूमध्ये अधिकांश सवारी चालक, मेकानिक र मेसमा कार्यरत प्रहरी छन् । उनीहरू कसरी काेराेना सर्याे भनेर अहिलेसम्म नखुलेकाे प्रवक्ता कडायतले बताए ।
सं’क्रमित प्रहरीहरूको कन्ट्याक्ट ट्रेसिङमार्फत् २० जनाभन्दा बढीलाई क्वारेन्टिनमा राखिएको जनाईएको छ । हालसम्म देशभर २५० जना प्रहरी अधिकृतमा काेराेना सं’क्रमण देखिएकाे छ ।
यो पनि पढ्नुस्
विश्व स्वास्थ्य संगठनका प्रमुख टेड्रोस एडनहोनम ग्रेब्रेयाससले संसारले कोरोनाभाइरससँगै बाँच्न सिक्नुपर्ने बताएका छन् । संगठनको दैनिक पत्रकार सम्मेलनका क्रममा गेब्रेयाससले भने, ‘हामी सबैले यो भाइरससँग बाँच्न सिक्नुपर्छ र हामीले आफ्नो र अन्य व्यक्तिको जीवन रक्षा गर्दै बाँच्नका लागि आवश्यक सावधानी अपनाउन आवश्यक छ ।’
उनले हज यात्राको विषयमा साउदी अरबले लगाएको प्रतिबन्धको प्रशंसा गर्दै भने, ‘यतिबेलाको परिवर्तनले वास्तविकतासँग तालमेल मिलाउन के–के गर्न सकिन्छ भन्दै सरकारले यस्तो प्रकारको कडा कदम उठाएर उदाहरण पेश गरेको छ ।’
उनले कोरोनाले युवालाई पनि अत्यधिक खतरा हुनसक्ने कुरा दोहोराए । उनले भने, ‘हामीले पहिले पनि चेतावनी दिइसकेका छौं र पुनः दोहोराइसकेका छौं कि उनीहरु पनि अछुतो छैनन् र जोखिममा छन् ।’
उनले भने, ‘युवा पनि कोरोना संक्रमित हुनसक्छन् । उनीहरुको पनि मृत्यु हुनसक्छ र उनीहरुले पनि अन्य व्यक्तिलाई संक्रमण फैलाउन सक्छन् । त्यसकारण उनलाई आफ्नो सुरक्षाबाहेक अन्यको सुरक्षाको उपाय पनि अवलम्बन गर्नुपर्छ ।’