नेपाली बजारमा सुनको मूल्य लाख नजिक पुगेको छ । शुक्रबार (आज) सुनको मूल्य तोलामा ९९ हजार ३०० रुपैयाँ पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार तोलामा ९९ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुन शुक्रबार ३०० रुपैयाँ बढेर ९९ हजार ३०० रुपैयाँमा कारोबार भएको हो ।
यस्तै तेजावी सुन तोलामा ९८ हजार ८६५ रुपैयाँमा कारोबार भएको छ भने चाँदी तोलामा १२ सय रुपैयाँमा कारोबार भएको छ । यसअघि बिहीबार चाँदी १२ सय २५ रुपैयाँमा कारोबार भएको थियो ।
यो पनि पढ्नुस्
विश्व स्वास्थ्य संगठनका प्रमुख टेड्रोस एडनहोनम ग्रेब्रेयाससले संसारले कोरोनाभाइरससँगै बाँच्न सिक्नुपर्ने बताएका छन् । संगठनको दैनिक पत्रकार सम्मेलनका क्रममा गेब्रेयाससले भने, ‘हामी सबैले यो भाइरससँग बाँच्न सिक्नुपर्छ र हामीले आफ्नो र अन्य व्यक्तिको जीवन रक्षा गर्दै बाँच्नका लागि आवश्यक सावधानी अपनाउन आवश्यक छ ।’
उनले हज यात्राको विषयमा साउदी अरबले लगाएको प्रतिबन्धको प्रशंसा गर्दै भने, ‘यतिबेलाको परिवर्तनले वास्तविकतासँग तालमेल मिलाउन के–के गर्न सकिन्छ भन्दै सरकारले यस्तो प्रकारको कडा कदम उठाएर उदाहरण पेश गरेको छ ।’
उनले कोरोनाले युवालाई पनि अत्यधिक खतरा हुनसक्ने कुरा दोहोराए । उनले भने, ‘हामीले पहिले पनि चेतावनी दिइसकेका छौं र पुनः दोहोराइसकेका छौं कि उनीहरु पनि अछुतो छैनन् र जोखिममा छन् ।’
उनले भने, ‘युवा पनि कोरोना संक्रमित हुनसक्छन् । उनीहरुको पनि मृत्यु हुनसक्छ र उनीहरुले पनि अन्य व्यक्तिलाई संक्रमण फैलाउन सक्छन् । त्यसकारण उनलाई आफ्नो सुरक्षाबाहेक अन्यको सुरक्षाको उपाय पनि अवलम्बन गर्नुपर्छ ।’