रहस्यमय बन्दै गएको सुन का’ण्डमा काठमाडौंमा थप एक किलो सुन बरामद भएको छ । साढे १४ किलो चाँदी र आधा किलो सुन प्र’करणको अनुसन्धानका क्रममा थप एक किलो सुन जस्तो देखिने पहेँलो धातु बरामद भएको हो । सुन का’ण्डमा मुछिएका उमेश श्रेष्ठकाे डेरामा एक किलो सुन फेला परेको हो ।
बरामद धातु सुन हो वा सुन जस्तो देखिने धातु मात्र भन्ने परीक्षण हुन बाँकी छ । सुन भेटिएको डेरामा साढे १४ केजी चाँदी र आधा किलो सुन प्र’करणमा मुछिएका श्रेष्ठ बस्दै आएका थिए । दरबारमार्गस्थित बस्ने गरेका श्रेष्ठ सुन त’स्करीका सुराक रहेकाे आ’रोप छ ।
जवान श्रेष्ठलाई अहिले दरबारमार्ग वृतको हि’रासतमा राखेर आन्तरिक अनुसन्धान थालिएको छ । महानगरीय प्रहरी वृत्त दरबारमार्गले केही दिनअघि सुन जस्तै देखिने १५ किलो उक्त धातु र २ थान पे’स्तोल बरामद थियो ।
तर साे धातु परीक्षणका क्रममा १४ केजी चाँदी र आधाकिलो सुन भएकाे पुष्टि भएकाे थियाे । शं’कास्पद रुपमा हिडिरहेका व्यक्तिलाई प्रहरीले दरबारमार्गबाट पछ्याउदै गर्दा झोला फ्यालेर भागेका थिए । यस सम्बन्धमा अझै थप अनुशन्धान भइरहेको छ ।
यो पनि पढ्नुस्
विश्व स्वास्थ्य संगठनका प्रमुख टेड्रोस एडनहोनम ग्रेब्रेयाससले संसारले कोरोनाभाइरससँगै बाँच्न सिक्नुपर्ने बताएका छन् । संगठनको दैनिक पत्रकार सम्मेलनका क्रममा गेब्रेयाससले भने, ‘हामी सबैले यो भाइरससँग बाँच्न सिक्नुपर्छ र हामीले आफ्नो र अन्य व्यक्तिको जीवन रक्षा गर्दै बाँच्नका लागि आवश्यक सावधानी अपनाउन आवश्यक छ ।’
उनले हज यात्राको विषयमा साउदी अरबले लगाएको प्रतिबन्धको प्रशंसा गर्दै भने, ‘यतिबेलाको परिवर्तनले वास्तविकतासँग तालमेल मिलाउन के–के गर्न सकिन्छ भन्दै सरकारले यस्तो प्रकारको कडा कदम उठाएर उदाहरण पेश गरेको छ ।’
उनले कोरोनाले युवालाई पनि अत्यधिक खतरा हुनसक्ने कुरा दोहोराए । उनले भने, ‘हामीले पहिले पनि चेतावनी दिइसकेका छौं र पुनः दोहोराइसकेका छौं कि उनीहरु पनि अछुतो छैनन् र जोखिममा छन् ।’
उनले भने, ‘युवा पनि कोरोना संक्रमित हुनसक्छन् । उनीहरुको पनि मृत्यु हुनसक्छ र उनीहरुले पनि अन्य व्यक्तिलाई संक्रमण फैलाउन सक्छन् । त्यसकारण उनलाई आफ्नो सुरक्षाबाहेक अन्यको सुरक्षाको उपाय पनि अवलम्बन गर्नुपर्छ ।’