लसुनले थुप्रै रोगहरुबाट बचाउँछ । बिहान सबेरै लसुनको सेवन गुणकारी मानिन्छ । खाली पेटमा दुई वा चार केस्रा लसुनको सेवनले मधुमेह, जोर्नी दुखाई जस्ता समस्यामा आराम हुन्छ ।
यतिमात्र होइन लसुनले रोग प्रतिरोधात्मक क्षमता पनि वृद्धि गर्छ । लसुनमा थुप्रै गुणहरु हुन्छन् । यसले शरीरलाई निरोगी राख्न सहयोग पुर्याउँछ र शरीरलाई उर्जा पनि प्रदान गर्छ ।
बिहानै २ वा ४ केस्रा काँचो लसुन नियमित रुपमा खाँदा जोर्नीहरु दुख्ने समस्याबाट आराम मिल्ने आयुर्वेदिक विशेषज्ञहरुले बताएका छन् । यसैगरी, रगतमा चिनीको मात्रासमेत नियन्त्रण गर्ने भएकाले मधुमेहका विरामीका लागि राहत मिल्छ ।
यसैगरी, लसुनको सेवनले छालासम्बन्धी समस्याहरुबाट पनि छुटकारा मिल्छ । यसले ‘फङ्गल इन्फेक्शन’ बाट बचाउँछ । लसुन पेटमा ग्यास भरिने समस्या, कब्जियत, उच्च रक्तचाप, रुघाखोकी, दम, निमोनिया र ब्रोन्काइटिस जस्ता समस्याहरुका लागि निकै फाइदाजनक हुन्छ ।
यति मात्र होइन, कुन रोगका बिरामीले कसरी लसुन सेवन गर्ने भन्ने विधि थाहा भएको खण्डमा यसले मानिसको शरीरलाई निकै फाइदा पुर्याउँछ । कानमा दुखेमा तोरीको तेलमा लसुनको केस्रो हल्का तातो बनाएर कानमा राख्दा आराम मिल्छ ।
यसैगरी, नसाको विरामीहरुका लागि दुधमा लसुन उमोलेर पिउँदा नसा कमजोर हुँदैन । लसुनले रक्तसञ्चार नियन्त्रण गर्छ । त्यसैले उच्च रक्तचापका विरामीले खानी पेटमा लुसन खानुपर्छ ।
यो पनि पढ्नुस्
पछिल्लाे समय पर्सालगायत तराइका जिल्ला र काठमाडौँ उपत्यका लगायत केही ठाउँहरुमा संक्रमितको संख्या बढे पनि पर्वतमा भने संक्रमितको संख्या निरन्तर कम हुँदै गएको छ । जिल्लामा भारत तथा तेस्रो मुलकबाट आउनेहरू घटेसँगै संक्रमितको संख्या समेत कम हुँदै गएको हो । जिल्लाका बिभिन्न पालिकामा खचाखच रहेका क्वारेन्टाइन क्रमशः खाली हुन थालेका छन् । कतिपय स्थानीय तहमा क्वारेन्टाइनमा बस्नेको संख्या शून्यमा झरेको छ भने केहीमा पछिल्लो पटक तेस्रो मुलुकबाट ल्याइएकाहरूलाई राखिएको छ ।
जिल्ला स्वास्थ्य कार्यालय पर्वतले दिएको तथ्यांकअनुसार क्वारेन्टाइन स्थलमा मानिसको संख्या घट्दो क्रममा छ । कुश्मा नगरपालिका र मोदी गाउँपालिकामा गरी पर्बतमा ३ वटा पुलिङ क्वारेन्टाइन सञ्चालनमा रहेका छन् । कुश्माको बन्दना होटल, शिवालय माध्यमिक बिद्यालय र मोदीको नवजागृति माबिलाई पुलिङ क्वारेन्टाइनको रुपमा सञ्चालन गरिएको छ । जहाँ अहिले २६ जना मात्रै रहेको जिल्ला जनस्वास्थ अधिकृत प्रबिण भण्डारीले जानकारी दिनुभयो ।
अहिले भारतबाट फर्कनेहरूको संख्या पातलिँदै गएका कारण पनि कुश्मा नगरपालिकामा रहेका क्वारेन्टाइनमा बस्नेहरु कम हुन थालेको कुश्मा नगरपालिकाका प्रमुख रामचन्द्र जोशिले जानकारी दिनुभयो । अहिले तेस्रो मुलुकबाट ल्याइएकाहरूलाई कडाइपूर्वक क्वारेन्टाइनमा राख्ने गरिएको उहाँको भनाइ छ ।
जिल्लामा १ सय ६ स्थानमा गरी ६ सय ६ बेड सहितको क्वारेन्टाईन निमार्ण गरीएको भएपनि अहिले सबै जसो क्वारेन्टाईन खाली छन् । पर्वतमा अहिलेसम्म ९८ जना संक्रमित भेटिएकोमा पुरुष ८३ र महिला १५ जना मात्रै रहेका छन् । जसमध्ये सबैभन्दा धेरै कुश्मा नगरपालिकामा ३४ जना रहेका छन् । भने सबैभन्दा कम जलजला गाउँपालिकामा ४ जना मात्रै रहेका छन् ।
त्यसैगरी फलेबास नगरपालिकामा २६ महाशिला गाउँपालिकामा १० बिहादी गाउँपालिकामा ९ पैयु गाउँपालिकामा ६ र मोदी गाउँपालिकामा ८ जना रहेका छन् भने १ जना जिल्ला बाहिरको रहेका छन् । जिल्ला जनस्वास्थ अधिकृत प्रबिण भण्डारीका अनुसार उनिहरुमा कुनै लक्षण नदेखिई उपचार पछि घर फर्किएका छन् । साउन ८ गते यता देखि भने जिल्लामा कुनै पनि संक्रमित नथपिएको पनि भण्डारीले जानकारी दिनुभयो ।