एउटा बाबाको माया आफ्नो सन्तान प्रति कस्तो हुन्छ ? त्यो त एउटा बुवालाई मात्र थाहा हुन्छ । कैलाली घर भइ हाल काठमाडौँमा ज्याला मजदुरी गर्दै आएका अर्जुन बिक एक छोराका बाबु हुन् । श्रीमतीले छोरा ४ महिनाको हुँदा छोडेर गएपछि अहिले अर्जुनले आफ्ना छोरालाई आमा र बाबा दुवै बनेर हुर्काई रहेका छन् ।
आमाको काख नपाएको छोरालाई उनी आफैँ आमा बनेर काँधमा राखेर लुगाले बाँधेर काममा जान्छन् । छोराको उज्ज्वल भबिष्यका लागि दिन रात परिश्रम गरिरहेका छन् । अर्जुन बिक दैनिक रुपमा यसरी नै आफ्नो सन्तान बोकेर ठेलामा समान ढुवानी सेवा गर्छन् ।
सन्तान प्रतिको अथाह माया तथा जिम्मेवारी एउटा बाबाको परिश्रममा देखिने रहेछ। त्यसको उदाहरण हुन् अर्जुन । हेर्नुस् रिक्सा चलाएर बाबुको जिम्वेवारी पुरा गरिरहेका एउटा बाबुको द’र्दनाक कथा भिडियोमा :
यो पनि पढ्नुस्
पछिल्लाे समय पर्सालगायत तराइका जिल्ला र काठमाडौँ उपत्यका लगायत केही ठाउँहरुमा संक्रमितको संख्या बढे पनि पर्वतमा भने संक्रमितको संख्या निरन्तर कम हुँदै गएको छ । जिल्लामा भारत तथा तेस्रो मुलकबाट आउनेहरू घटेसँगै संक्रमितको संख्या समेत कम हुँदै गएको हो । जिल्लाका बिभिन्न पालिकामा खचाखच रहेका क्वारेन्टाइन क्रमशः खाली हुन थालेका छन् । कतिपय स्थानीय तहमा क्वारेन्टाइनमा बस्नेको संख्या शून्यमा झरेको छ भने केहीमा पछिल्लो पटक तेस्रो मुलुकबाट ल्याइएकाहरूलाई राखिएको छ ।
जिल्ला स्वास्थ्य कार्यालय पर्वतले दिएको तथ्यांकअनुसार क्वारेन्टाइन स्थलमा मानिसको संख्या घट्दो क्रममा छ । कुश्मा नगरपालिका र मोदी गाउँपालिकामा गरी पर्बतमा ३ वटा पुलिङ क्वारेन्टाइन सञ्चालनमा रहेका छन् । कुश्माको बन्दना होटल, शिवालय माध्यमिक बिद्यालय र मोदीको नवजागृति माबिलाई पुलिङ क्वारेन्टाइनको रुपमा सञ्चालन गरिएको छ । जहाँ अहिले २६ जना मात्रै रहेको जिल्ला जनस्वास्थ अधिकृत प्रबिण भण्डारीले जानकारी दिनुभयो ।
अहिले भारतबाट फर्कनेहरूको संख्या पातलिँदै गएका कारण पनि कुश्मा नगरपालिकामा रहेका क्वारेन्टाइनमा बस्नेहरु कम हुन थालेको कुश्मा नगरपालिकाका प्रमुख रामचन्द्र जोशिले जानकारी दिनुभयो । अहिले तेस्रो मुलुकबाट ल्याइएकाहरूलाई कडाइपूर्वक क्वारेन्टाइनमा राख्ने गरिएको उहाँको भनाइ छ ।
जिल्लामा १ सय ६ स्थानमा गरी ६ सय ६ बेड सहितको क्वारेन्टाईन निमार्ण गरीएको भएपनि अहिले सबै जसो क्वारेन्टाईन खाली छन् । पर्वतमा अहिलेसम्म ९८ जना संक्रमित भेटिएकोमा पुरुष ८३ र महिला १५ जना मात्रै रहेका छन् । जसमध्ये सबैभन्दा धेरै कुश्मा नगरपालिकामा ३४ जना रहेका छन् । भने सबैभन्दा कम जलजला गाउँपालिकामा ४ जना मात्रै रहेका छन् ।
त्यसैगरी फलेबास नगरपालिकामा २६ महाशिला गाउँपालिकामा १० बिहादी गाउँपालिकामा ९ पैयु गाउँपालिकामा ६ र मोदी गाउँपालिकामा ८ जना रहेका छन् भने १ जना जिल्ला बाहिरको रहेका छन् । जिल्ला जनस्वास्थ अधिकृत प्रबिण भण्डारीका अनुसार उनिहरुमा कुनै लक्षण नदेखिई उपचार पछि घर फर्किएका छन् । साउन ८ गते यता देखि भने जिल्लामा कुनै पनि संक्रमित नथपिएको पनि भण्डारीले जानकारी दिनुभयो ।