नेपाली क्रिकेट खेलाडी सन्दीप लामिछानेलाई १४ दिनको क्वारेन्टाइनमा राखिएको छ । क्यारेबियन प्रिमियर लिग (सीपीएल) खेल्नका लागि ट्रिनिडाड एन्ड टोबागो गएका सन्दीपलगायत सम्पूर्ण खेलाडीलाई आइतबारदेखि क्वारेन्टाइनमा राखिएको हो ।
भदौ २ गतेदेखि शुरु हुने सीपीएल अगाडी सन्दीपले आफ्नो पीसीआर परीक्षणसमेत गराउनु पर्ने उनले बताईएको छ । पीसीआर परीक्षणपछि मात्र त्यसको नतिजा हेरेर सीपीएल खेल्न पाइने बताईएको छ ।
यो पनि पढ्नुस्
काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ५१ सं’क्रमित फेला परेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ५१ सं’क्रमित थपिएका हुन् ।
देशका विभिन्न अस्पताल तथा प्रयोगशालामा गरिएको परीक्षणमा काठमाडौंका ४३, भक्तपुरका ५ र ललितपुरका ३ जनामा सं’क्रमण पुष्टि भएको छ । योसंगै काठमाडौंमा ४ सय ९२, ललितपुरमा १०८ र भक्तपुरमा ६४ सं’क्रमित गरी कुल उपत्यकामा कुल सं’क्रमितको संख्या ६ सय ६४ पुगेको छ ।
त्यस्तै आज थप मुलुकमा थप ४ सय १८ जनामा कोरोना भाइरस (कोभिड १९) सं’क्रमणको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशका बिभिन्न भागमा ४ सय १८ सं’क्रमित थपिएसंगै नेपालमा संक्रमितको कुल संख्या २० हजार ७ सय ५० पुगेको छ ।
पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा ७ हजार ६३७ नमुना परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । आइतबार २४६, शनिबार ३१५, शुक्रबार २२४, बिहीबार २७४, बुधबार २१०, मंगलबार ३५३, सोमबार १३९ जनामा कोरोना सं’क्रमण देखिएको थियो ।