बक्रतुण्ड महाकाय सूर्य कोटी समप्रभा ।
निर्विघ्नं कुरू मे देव सर्व – कार्येशु सर्वदा ।
आज मंगलबार भगवान गणेशको दर्शन आराधना गर्नाले सबै कार्य शिद्धि हुने शास्त्रीय मान्यता छ। करोडौं सूर्यको जस्तो तेज भएका भगवान गणेश देवलाई आराधना गर्नाले बिघ्न बाधा र अधुरा काम पूरा हुन्छन् । शास्त्रअनुसार मंगलबारको दिन गर्न केही काम गर्न बर्जित गरिएको हुन्छ ।
सोमबार, बुधवार र शुक्रवारलाई सोम्यबारको श्रेणीमा राखिएको छ भने आइतबार र बिहीबारलाई कडाबारको श्रेणीमा राखिएको छ । मंगलबार तथा शनिबार क्रुर अर्थात पापी बारको श्रेणीमा पर्छन् मंगलबारलाई अत्याधिक क्रुरबार मान्दै शास्त्रमा यसलाई शरीरमा रक्त सञ्चार गराउने धमनीसँग सम्बन्धित मानिएको छ ।
मानिसको शरीरमा हुने रातो पदार्थ मंगलसँग सम्बन्धित मानिन्छ । कालपुरुष सिद्दान्त अनुसार प्राणीको हाड र रक्त तथा मज्जा मंगलसँग सम्बन्धित छ । मंगललाई सबै ग्रह मध्ये क्रुर र रक्तपातको ग्रह मानिएको छ । मंगलको रातो रंग मृ’त्यु वा रगत सँग हुन्छ । धर्म शास्त्रका अनुसार मंगलबारको दिन निम्न काम बर्जित गरिएको छ ।
मंगलबारको दिन गर्न नहुने ५ काम
१. मंगलबारको दिनमा पशु बलि दिनु अत्यन्तै खराव मानिन्छ । यसले सन्तानमा नकारात्मक प्रभाव पर्ने हुन्छ ।
२. मंगलबार कुखुरा वा अन्य पंक्षीको ह’त्या गर्दा मानिसको बुद्धी भ्रमित हुने मानिन्छ ।
३. मंगलबारको दिन माछा खाँदा तपाइँलाई आर्थिक नोक्सानी हुने मानिन्छ । मंगलबार मासु पनि सेवन गर्नु हुँदैन । मासु खाँदा कुटुम्बको क्षय हुन्छ ।
४. मंगलबारको दिन मदिरा सेवन गर्दा तपाइँको क्रोधमा वृद्धी हुन्छ । यसले अ’पराध समेत बढाउँछ ।
५. मंगलबार झ’गडा गर्दा बेइज्जत हुने खतरा हुन्छ ।
यो पनि पढ्नुस्
उत्तरी चीन सँगको सिमाना हिल्सा नाकामा स्थापना भएको सीमा सुरक्षा चौकी (बीओपी) हुम्ला खण्डअन्तर्गत सबै सीमा स्तम्भ पहिचान गर्न सफल भएको छ । सीमा सुरक्षालाई पहिलो प्राथमिकतामा राखेर स्थापना भएको चौकीले एक महिनामा सबै सीमा स्तम्भ पहिचान गर्न सफल भएको हो ।
चौकी स्थापना भएको छोटो अवधिमा तिब्बततर्फ मरुभूमि खण्डमा सीमा स्तम्भ पहिचान गर्ने कार्य सम्पन्न गर्न टोली सफल भएको प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी गिरीले बताउनुभयो । गत असार ६ गते हुम्लाको हिल्सामा सीमा सुरक्षा चौकी स्थापना भएको थियो ।
चौकी स्थापना भएदेखि दैनिक रूपमा सशस्त्र प्रहरी र नेपाल प्रहरीले पहिलो पटक सीमामा गस्ती सुरु गरेको थियो । हाल सबै स्तम्भ पहिचान गर्ने कार्य भएको उहाँले बताउनुभयो ।
नेपाल र चीनको सीमाअन्तर्गत हुम्ला खण्डको २६२ दशमलव तीन किलोमिटर क्षेत्रमा कुल १५ वटा सीमा स्तम्भ रहेको बताउँदै प्रजिअ गिरीले पिल्लर नम्बर ११ मात्र नभेटिएको र अन्य सबैको पहिचान भएको बताउनुभयो । कुल सीमा स्तम्भमध्ये १० वटा मुख्य र पाँचवटा सहायक पिल्लर हुम्ला खण्डमा छन् ।