विराटनगरको कोशी अस्पतालमा कोरोना भाइरसको सं’क्रमण आशंका गरिएका एक पुरुषको मृ’त्यु भएको छ । उदयपुरको बेलका नगरपालिका–१ का ५५ वर्षीय वेदप्रसाद न्यौपानेको मंगलबार बिहान मृ’त्यु भएको अस्पतालले जनाएको छ ।
सोमबार राति बेलकाबाट उपचारका लागि विराटनगर ल्याइएका उनलाई विराट टिचिङ अस्पतालमा भर्ना गर्न खोजिए पनि अस्पतालले पीसीआर परीक्षणको रिपोर्ट नभएको भन्दै भर्ना लिन नमानेको बताइएको छ ।
मोरङ बूढीगंगा गाउँपालिकामा रहेको विराट टिचिङ अस्पताल पुर्याउँदा उनलाई १०४ डिग्री ज्वरो पनि भएको र बिहान लगभग १ बजेतिर उनको मृ’त्यु भएको बताईएको छ ।
न्यौपानेमा केही दिनअघि जण्डिसको समस्या देखिएको जानकारी परिवारका सदस्यले अस्पताललाई गराएका छन् । कोशीमा ल्याइएपछि उपचारका लागि आइसोलेसनमा भर्ना गर्ने तयारी हुँदै गर्दा न्यौपानेको मृ’त्यु भएको बताईएको छ ।
यो पनि पढ्नुस्
उत्तरी चीन सँगको सिमाना हिल्सा नाकामा स्थापना भएको सीमा सुरक्षा चौकी (बीओपी) हुम्ला खण्डअन्तर्गत सबै सीमा स्तम्भ पहिचान गर्न सफल भएको छ । सीमा सुरक्षालाई पहिलो प्राथमिकतामा राखेर स्थापना भएको चौकीले एक महिनामा सबै सीमा स्तम्भ पहिचान गर्न सफल भएको हो ।
चौकी स्थापना भएको छोटो अवधिमा तिब्बततर्फ मरुभूमि खण्डमा सीमा स्तम्भ पहिचान गर्ने कार्य सम्पन्न गर्न टोली सफल भएको प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी गिरीले बताउनुभयो । गत असार ६ गते हुम्लाको हिल्सामा सीमा सुरक्षा चौकी स्थापना भएको थियो ।
चौकी स्थापना भएदेखि दैनिक रूपमा सशस्त्र प्रहरी र नेपाल प्रहरीले पहिलो पटक सीमामा गस्ती सुरु गरेको थियो । हाल सबै स्तम्भ पहिचान गर्ने कार्य भएको उहाँले बताउनुभयो ।
नेपाल र चीनको सीमाअन्तर्गत हुम्ला खण्डको २६२ दशमलव तीन किलोमिटर क्षेत्रमा कुल १५ वटा सीमा स्तम्भ रहेको बताउँदै प्रजिअ गिरीले पिल्लर नम्बर ११ मात्र नभेटिएको र अन्य सबैको पहिचान भएको बताउनुभयो । कुल सीमा स्तम्भमध्ये १० वटा मुख्य र पाँचवटा सहायक पिल्लर हुम्ला खण्डमा छन् ।