भारतको अध्योध्यामा राममन्दिर बन्न लागेको अवसरमा विश्व हिन्दु परिषद नेपालले उत्सव मनाउने भएको छ । भारतको अयोध्यामा साउन २१ गते बुधबार राम मन्दिर निर्माण कार्य आरम्भ हुन लागेको अवसरमा विश्व हिन्दू परिषद नेपालले उत्सव मनाउन आह्वान गरेको हो । भारतको अयोध्यामा श्रीराम मन्दिर निर्माण हुनु गौरवको क्षण भन्दै परिषदले अब राष्ट्रिय विभूति सीताको घर निर्माण हुने बताएको छ ।
परिषदले कोरोना सं’क्रमणका कारण स्थानीयस्तरमा भजन किर्तन, शोभा यात्रा र दिपावली जस्ता कार्यक्रम गर्ने जनाएको छ । परिषदले साउन २१ गते बुधवार साँझ आ-आफ्नो घरमा दीप प्रज्ज्वलन गर्न हिन्दू धर्मावलम्बीहरुमा आह्वान गरेको छ ।
परिषदका अध्यक्ष टीकाबहादुर पहारी र महासचिव जितेन्द्रकुमार सिंहले मंगलबार विज्ञप्ति जारी गरी भारतको अयोध्यामा राम मन्दिर निर्माण शुरु हुने दिनलाई नेपालमा पनि उत्सवका रुपमा मनाउन आह्वान गरेका हुन् ।
यो पनि पढ्नुस्
उत्तरी चीन सँगको सिमाना हिल्सा नाकामा स्थापना भएको सीमा सुरक्षा चौकी (बीओपी) हुम्ला खण्डअन्तर्गत सबै सीमा स्तम्भ पहिचान गर्न सफल भएको छ । सीमा सुरक्षालाई पहिलो प्राथमिकतामा राखेर स्थापना भएको चौकीले एक महिनामा सबै सीमा स्तम्भ पहिचान गर्न सफल भएको हो ।
चौकी स्थापना भएको छोटो अवधिमा तिब्बततर्फ मरुभूमि खण्डमा सीमा स्तम्भ पहिचान गर्ने कार्य सम्पन्न गर्न टोली सफल भएको प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी गिरीले बताउनुभयो । गत असार ६ गते हुम्लाको हिल्सामा सीमा सुरक्षा चौकी स्थापना भएको थियो ।
चौकी स्थापना भएदेखि दैनिक रूपमा सशस्त्र प्रहरी र नेपाल प्रहरीले पहिलो पटक सीमामा गस्ती सुरु गरेको थियो । हाल सबै स्तम्भ पहिचान गर्ने कार्य भएको उहाँले बताउनुभयो ।
नेपाल र चीनको सीमाअन्तर्गत हुम्ला खण्डको २६२ दशमलव तीन किलोमिटर क्षेत्रमा कुल १५ वटा सीमा स्तम्भ रहेको बताउँदै प्रजिअ गिरीले पिल्लर नम्बर ११ मात्र नभेटिएको र अन्य सबैको पहिचान भएको बताउनुभयो । कुल सीमा स्तम्भमध्ये १० वटा मुख्य र पाँचवटा सहायक पिल्लर हुम्ला खण्डमा छन् ।