नेपाली बजारमा बुधबार (आज) सुनको मूल्यले नयाँ कीर्तिमान बनाएको छ । पछिल्लो महिना सुनको मूल्यले एकपछि अर्को कीर्तिमान बनाइरहेको बेला बुधबार छापावाल सुनको मूल्य १ लाख १ हजार ४०० पुग्दै नयाँ कीर्तिमान कायम भएको छ ।
मंगलबार तोलामा ९९ हजार ८०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य बुधबार एकैदिन १६०० रुपैयाँले बढ्दै नयाँ कीर्तिमान कायम भएको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढ्ने क्रम नरोकिएकाले अझै बढ्न सक्ने बताएको छ ।
महासंघले आज तेजावी सुनको मूल्य भने १ लाख ९०० रुपैयाँ रहेको बताएको छ । यसैगरी चाँदीको मूल्य आज १ हजार २९५ रुपैयाँ पुगेको छ । यसअघि मंगलबार चाँदीको मूल्य १२३० रुपैयाँ रहेको थियो ।
यो पनि पढ्नुस् :
साउन दोस्रो साता सकिनै लाग्दा एकाएक हल्ला फैलियो- ‘चउरमा कार्टुन, कार्टुनमा शिशु।’ केयर बालगृहले कपनस्थित एक चउरमा बेवारिसे शिशु भेटिएको दाबी गर्दै थियो। यतिबेलासम्म बालगृहकी सञ्चालक पुष्पा अधिकारीले दाता खोज्न थालिसकेकी थिइन्। तर, पासा पल्टियो।
दाता खोज्न गरिएको हल्लीखल्लीले शिशुकी आमाको मन पोल्यो। आफू स्वयम्ले जन्माएको सन्तानलाई अनाथ भनिरहँदा उनले सहन सकिनन्। अन्ततः ती महिला आफ्नो शिशु फिर्ता लिन केयर बालगृहकी सञ्चालक अधिकारी समक्ष पुगिन् र शिशुको अनुहार देखाएर पैसा कमाउने अधिकारीको योजना विफल भयो।
ती महिला लकडाउनको समयमा खाडी मुलुकबाट फर्किएकी थिइन्, पेटमा बच्चा बोकेर। महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी श्यामलाल ज्ञवालीका अनुसार ती महिना खाडी मुलुकमै ब’ला’त्कारमा परेकी थिइन्। नेपाल फर्किएपछि उनले उक्त शिशुलाई त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा जन्म दिइन्।
विदेशबाट फर्किएपछि जन्मिएको शिशुलाई ती महिलाले घर लग्न सकिनन्। किनकि घरमा उनका श्रीमान् छन्, छोराछोरी छन्। समाजको ड’रकै कारण ती महिलाले आफ्नो शिशुलाई बालगृहकी सञ्चालक अधिकारीको जिम्मा लगाएको एसएसपी ज्ञवालीले जानकारी दिए।
सेवाको कर्ममा लागेको व्यक्तिले शिशुलाई देखाएर पैसा कमाउने कुरा नैतिक रूपमा सही नभएको एसएसपी ज्ञवालीले बताए। उनका अनुसार बालगृह सञ्चालक अधिकारीले उक्त शिशुलाई गै’रकानुनी रूपमा हासिल गरेको भए कानुनी कारबाही अगाडि बढ्छ।
यो घ’टना एउटा उदाहरण मात्र हो। नेपालमा बालबालिकाको अनुहार देखाएर पैसा कमाउने अहिलेदेखि चलेको होइन। महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयअन्तर्गतको राष्ट्रिय बालअधिकार परिषद् प्रशासकीय प्रमुख कृष्णप्रसाद भुसाल नेपालमा सञ्चालित अधिकांश बालगृह पैसा कमाउने उद्देश्यले खोलिएको बताउँछन्।
राष्ट्रिय बालअघिकार परिषद्ले बर्सेनि यस्ता बालगृहलाई बन्द गरेर त्यहाँ रहेका बालबालिकालाई उद्धार गर्ने गरेको छ। परिषद्ले बालगृहको अध्ययन अनुगमन गर्दा पोषण, लवाइखवाइ र शिक्षागरी मुख्य तीनवटा कुरालाई ध्यान दिन्छ। तर, यी तीवटा मुख्य आधारसमेत पूरा गर्न र नसक्ने बालगृह राजधानीमै रहेको परिषद्का प्रमुख भुसाल बताउँछन्।