मोरङमा २० महिने बालक प्रहरी हि’रासतमा पुगेका छन् । आमा र बुबालाई बहुबिवाह मु’द्दा परेपछि २० महिने बालक साउन २ गते यता जिल्ला प्रहरी कार्यालय मोरङको हि’रासतमा आमासँगै बसेका हुन् । उनीसँगै प्रहरी हवल्दार बाबु सञ्जयकुमार यादव र आमा अनिषा खवास हि’रासतमा छन् ।
विराटनगर महानगरपालिका–१४ घर भएका ४० वर्षीय सञ्जयले याम्फूदिन प्रहरी चौकीमा हवल्दार पदमा कार्यरत रहँदा ताप्लेजुङ थुम्बेदिनकी २३ वर्षीया अनिषा खवाससँग बहुविवाह गरेका थिए ।
विवाहको जानकारी घरमा थिएन । तर विवाहपछि सन्तान भएको जानकारी पाएपछि जेठी श्रीमती सरस्वतीले बहुबिवाहको उ’जुरी गरेपछि उनीहरु प’क्राउ परेका हुन् । सञ्जय र सरस्वतीबीच २०६० साल वैशाख २९ गते मागी विवाह भएको थियो ।
यो पनि पढ्नुस्
सरकारले आज (विहीबार) देखि निजी तथा सार्वजनिक सवारी साधनमा जोर विजोर प्रणाली लागू गरेको छ । कोरोना भाइरस (कोभिड–१९) को जो’खिम बढेसँगै जोर विजोर लागू गरिएको गृह मन्त्रालयका प्रवक्ता सहसचिव चक्रबहादुर बुढाले जानकारी दिए । उनका अनुसार काठमाडौं उपत्यकाका तीनवटै जिल्ला र उपत्यकाबाहिर २०० जनाभन्दा बढी सक्रिय सं’क्रमित भएका जिल्लामा जोर-विजोर लागू हुनेछ ।
जोर गतेका दिन जोर नम्बर प्लेटका सवारीसाधन र विजोर गतेका दिन विजोर नम्बरका सवारीसाधान चलाउनुपर्ने महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख एसएसपी भिमप्रसाद ढकालले बताए । उनले भने, ‘कसैले भनसुन नगर्नु होला, सरकारको निर्णय क’डाइका साथ ट्राफिक प्रहरीले लागू गराउँछ ।’
सरकारले २६ असारबाट निजी सवारी साधनको जोर विजोर हटाएको थियो भने उपत्यकामा तीन जिल्ला र बाहिर जिल्लाभित्र सार्वजनिक यातायात सञ्चालन गर्न अनुमति दिएको थियो । यस्तै भदौ १ देखि लामो दुरीको सवारी चलाउन दिने निर्णय गरेको थियो ।
तर कोरोना सं’क्रमणको जो’खिम बढेसँगै विज्ञहरुले जोर विजोर लागू गर्न सुझाएका थिए । मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको छलफलमा पनि विज्ञहरुले पूर्ण लकडाउन गर्नुको साटो स्वास्थ्य मापदण्डमा क’डाई गर्न र जोरविजोर लगाउन सुझाएका थिए । सरकारले विहीबारदेखि राति ९ बजेदेखि बिहान ५ बजेसम्म हिँडडुलमा रोक लगाएको छ ।