चीनको वुहानमा कोरोना सं’क्रमण भएर निको भएका मध्ये ९० प्रतिशत मानिसको फोक्सो अझै पनि निको नभइसकेको देखिएको छ भने ५ प्रतिशत मानिसमा फेरि सं’क्रमण देखिएको छ। निको भएका ५ प्रतिशत सं’क्रमितमा फेरि परीक्षण नतिजा पोजेटिभ देखिएपछि क्वारेन्टानमा राखिएको छ। यद्यपि उनीहरुमा फेरि सं’क्रमण भएको हो या हैन भन्ने कुरा भने स्पष्ट छैन।
चिनियाँ सञ्चारमाध्यम ग्लोबल टाइम्स्का अनुसार सं’क्रमण भएर निको भएकाहरुको स्वास्थ्य अवस्थामाथि अनुसन्धान गरिरहेको वुहान विश्वविद्यालय अन्तर्गतको झोंगनान अस्पतालका निर्देशक पेंग जियोंगको टोलीले गरेको नमुना अनुसन्धानमा यस्तो देखिएको हो।
उनीहरुले गत अप्रिलबाट सं’क्रमण निको भएका केही मानिसहरुमाथि अनुसन्धान थालेका थिए। त्यसअनुसार ती निको भएका बि’रामीहरू अस्पतालबाट डिस्चार्ज भएपछि तीन महिना पछि पनि अक्सिजन मेसिनको भर पर्नुपर्ने अवस्था रहेको छ। उक्त रिपोर्ट अनुसार निर्देशक पेंगको टीमले १०० जना कोरोना निको भएका मानिसहरुमाथि अध्ययन गरेको थियो।
पहिलो चरणको यो अनुसन्धान जुलाईमा सकिएको र सं’क्रमित मानिसहरुको औसत उमेर ५९ वर्ष रहेको बताइएको छ। ९० प्रतिशतको फोक्सोमा रहेका प्वालहरुले श्वासप्रश्वासका क्रममा अझै पनि सामान्य मानिसको जसरी काम गर्न सकेको छैन।
यो पनि पढ्नुस्
सरकारी रकम आफ्नो, श्रीमती र भतिजाको खातामा जम्मा गर्ने एक गाउँपालिकाका लेखापालसहित चार जना प’क्राउ परेका छन् । प’क्राउ पर्नेमा त्रिवेणी गाउँपालिकाका लेखापाल हेमन्त केसी, लेखा सहयोगी तथा लेखापालका सहोदर भतिजा सुवास केसी, भाइ विकास र अर्का भतिजा भीमसेन रहेका छन् ।
बाहिरबाट ताला लगाई अनावश्यकरूपमा कागजात मिलाउँदै गरेको जानकारी पाएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । प्रहरीले उनीहरुलाई कार्यालयबाटै प’क्राउ गरेर जिल्ला ल्याएको छ । लेखापाल केसीले गत वर्ष २०७६÷७७ को बजेटबाट रु २४ लाख ९२ हजार ३७२ श्रीमती र भतिजा सुवासको खातामा जम्मा गरेका थिए ।
विभिन्न शीर्षकमा अनाधिकृत रूपमा उनीहरुको खातामा जम्मा भएको उक्त सरकारी रकम उनीहरुले गाउपालिकाकै खातामा जम्मा गरेका थिए । उक्त रकमको कागजात मिलाउने क्रममा उनीहरु प’क्राउ परेका हुन् । बिना कुनै प्रयोजन व्यक्तिका खातामा सरकारी रकम जम्मा भएको थाहा पाएपछि गाउँकार्यपालिकाले चासो व्यक्त गरेको थियो ।
अहिले जिल्ला प्रशासन कार्यालयले छानबिन समेत थालेको छ । रातको समयमा काम गरिरहेको खबर आएपछि उनीहरुलाई प’क्राउ गरिएको प्रमुख जिल्ला अधिकारी उपेन्द्रराज पौडेलले जानकारी दिनुभयो । रातको समयमा कार्यालय जानुका कारण खोजी भइरहेको उहाँले बताउनुभयो ।
कार्यालय समय १०–५ हो, तर रातिमा पनि कार्यालयमा आएपछि त्यसको कारण खोजी गरिरहेका छौँ”, उहाँले भन्नुभयो, “कर्मचारी मात्र नभई परिवारका सदस्यसमेत कार्यालयमा भटिनुले कुनै रहस्य लक्षित गर्छ, अनुसन्धान भइरहेको छ ।”अहिले उनीहरुलाई जिल्ला प्रहरी कार्यालयमा राखिएको र दिउसो थप अनुसन्धान गरिने जनाइएको छ ।