ललितपुरको पाटन अस्पतालमा उपचारको क्रममा एक कोरोना सं’क्रमितको मृ’त्यु भएको छ । अस्पतालमा उपचाररत ४५ वर्षीय पुरुषको बिहीबार राति मृ’त्यु भएको अस्पतालले जनाएको छ ।
ति कोरोना सं’क्रमित पुरुषलाई साउन १७ गते स्टार अस्पतालबाट रिफर भएर पाटन अस्पताल आएका थिए । उपचारका क्रममा मृ’त्यु भएका कोरोना सं’क्रमित पुरुष मधुमेह र उच्च रक्तचापका बि’रामी भएको अस्पतालले जनाएको छ ।
यो पनि पढ्नुस्
सरकारी रकम आफ्नो, श्रीमती र भतिजाको खातामा जम्मा गर्ने एक गाउँपालिकाका लेखापालसहित चार जना प’क्राउ परेका छन् । प’क्राउ पर्नेमा त्रिवेणी गाउँपालिकाका लेखापाल हेमन्त केसी, लेखा सहयोगी तथा लेखापालका सहोदर भतिजा सुवास केसी, भाइ विकास र अर्का भतिजा भीमसेन रहेका छन् ।
बाहिरबाट ताला लगाई अनावश्यकरूपमा कागजात मिलाउँदै गरेको जानकारी पाएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । प्रहरीले उनीहरुलाई कार्यालयबाटै प’क्राउ गरेर जिल्ला ल्याएको छ । लेखापाल केसीले गत वर्ष २०७६÷७७ को बजेटबाट रु २४ लाख ९२ हजार ३७२ श्रीमती र भतिजा सुवासको खातामा जम्मा गरेका थिए ।
विभिन्न शीर्षकमा अनाधिकृत रूपमा उनीहरुको खातामा जम्मा भएको उक्त सरकारी रकम उनीहरुले गाउपालिकाकै खातामा जम्मा गरेका थिए । उक्त रकमको कागजात मिलाउने क्रममा उनीहरु प’क्राउ परेका हुन् । बिना कुनै प्रयोजन व्यक्तिका खातामा सरकारी रकम जम्मा भएको थाहा पाएपछि गाउँकार्यपालिकाले चासो व्यक्त गरेको थियो ।
अहिले जिल्ला प्रशासन कार्यालयले छानबिन समेत थालेको छ । रातको समयमा काम गरिरहेको खबर आएपछि उनीहरुलाई प’क्राउ गरिएको प्रमुख जिल्ला अधिकारी उपेन्द्रराज पौडेलले जानकारी दिनुभयो । रातको समयमा कार्यालय जानुका कारण खोजी भइरहेको उहाँले बताउनुभयो ।
कार्यालय समय १०–५ हो, तर रातिमा पनि कार्यालयमा आएपछि त्यसको कारण खोजी गरिरहेका छौँ”, उहाँले भन्नुभयो, “कर्मचारी मात्र नभई परिवारका सदस्यसमेत कार्यालयमा भटिनुले कुनै रहस्य लक्षित गर्छ, अनुसन्धान भइरहेको छ ।”अहिले उनीहरुलाई जिल्ला प्रहरी कार्यालयमा राखिएको र दिउसो थप अनुसन्धान गरिने जनाइएको छ ।