नेपालमा आज थप ४ सय ६४ जनामा कोरोना भाइरस कोभिड १९ सं’क्रमणको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशका बिभिन्न भागमा ४ सय ६४ सं’क्रमित थपिएसंगै नेपालमा सं’क्रमितको कुल संख्या २२ हजार २ सय १४ पुगेको छ ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २२५ डिस्चार्ज भएका छन् । कुल डिस्चार्ज हुनेको संख्या भने १५ हजार ८१४ पुगेको छ। अहिले क्वारेन्टाइनमा १० हजार २०७ जना रहेका छन् ।
यो पनि पढ्नुस्
काठमाडौँ उपत्यकामा कोरोना सं’क्रमणको जो’खिम बढ्दै गएपछि दुई हप्ताको लागि ‘सटडाउन’ हुने भएको छ । मानवीय गतिविधि र आवत जावतमा थप कडाइ हुने तर तत्काल लकडाउन भने नहुने जनाईएको छ । कोरोना भाइरसको महामारी फैलिइरहेका बेला आइतबारदेखि लागू हुनेगरी उपत्यकामा ‘सटडाउन’ को निर्णय गरिएको बताईएको छ ।
शुक्रबार उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारी, उद्योग वाणिज्य संघ र सुरक्षा निकायका प्रमुखसहित बसेको बैठकमा सं’क्रमण बढी देखिएको क्षेत्रलाई भने सिल गर्ने निर्णय भएको बताईएको छ ।
‘सटडाउन’ अवधिभरमा जिल्ला प्रशासन कार्यलयबाट हुने केही विषेश कामबाहेकका सेवा बन्द हुने तथा अन्य सरकारी कार्यालयको हकमा कार्यालय प्रमुखले निर्णय गर्ने तय गरेको बताईएको छ ।
बैठकमा मास्क र स्यानिटाइजरको प्रयोग नगर्ने तथा सुरक्षा सावधानी नअपनाउनेलाई कडा कारबाही गर्ने तथा सवारी साधनमा लागू गरिएको जोरबिजोर प्रणालीलाई कडाईका साथ पालना गराउने पनि निर्णय गरेको छ ।