संघिय राजधानी काठमाडौंमा कोरोना सं’क्रमितहरुको संख्या बढेसँगै मुख्य व्यापारिक क्षेत्रहरु असन, इन्द्रचोक, टेकु र न्यूरोड सिल गरिने भएको छ । काठमाडौं जिल्ला प्रशासन कार्यालयले शुक्रबार राति १२ बजेदेखि उक्त व्यापारिक क्षेत्रहरु सिल गर्ने जनाएको हो । काठमाडौं उपत्यकामा कोरोना जो’खिम बढ्दै गएको निष्कर्ष निकाल्दै बढी भीडभाड हुने स्थानरुमा सिल गर्ने निर्णय गरेको बताइएको छ ।
आज काठमाडौं जिल्ला प्रशासन कार्यालयमा बसेको बैठकले काठमाडौं उपत्यकाका बढी भीडभाड हुने बजार तथा बिभिन्न स्थानहरुमा निगरानी बढाउने निर्णय पनि गरेको थियो । बैठक पछि कोरोना सं’क्रमण देखिएका स्थान र बस्ती आसपासका क्षेत्र सिल गर्ने गरी तयारी भएको पनि जिल्ला प्रशासन कार्यालय काठमाडौंले जनाएको छ ।
यो पनि पढ्नुस्
काठमाडौँ उपत्यकामा कोरोना सं’क्रमणको जो’खिम बढ्दै गएपछि दुई हप्ताको लागि ‘सटडाउन’ हुने भएको छ । मानवीय गतिविधि र आवत जावतमा थप कडाइ हुने तर तत्काल लकडाउन भने नहुने जनाईएको छ । कोरोना भाइरसको महामारी फैलिइरहेका बेला आइतबारदेखि लागू हुनेगरी उपत्यकामा ‘सटडाउन’ को निर्णय गरिएको बताईएको छ ।
शुक्रबार उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारी, उद्योग वाणिज्य संघ र सुरक्षा निकायका प्रमुखसहित बसेको बैठकमा सं’क्रमण बढी देखिएको क्षेत्रलाई भने सिल गर्ने निर्णय भएको बताईएको छ ।
‘सटडाउन’ अवधिभरमा जिल्ला प्रशासन कार्यलयबाट हुने केही विषेश कामबाहेकका सेवा बन्द हुने तथा अन्य सरकारी कार्यालयको हकमा कार्यालय प्रमुखले निर्णय गर्ने तय गरेको बताईएको छ ।
बैठकमा मास्क र स्यानिटाइजरको प्रयोग नगर्ने तथा सुरक्षा सावधानी नअपनाउनेलाई कडा कारबाही गर्ने तथा सवारी साधनमा लागू गरिएको जोरबिजोर प्रणालीलाई कडाईका साथ पालना गराउने पनि निर्णय गरेको छ ।