नेपालमा आज थप ३७८ जनामा कोरोना भाइरस (कोभिड-१९) को सं’क्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा ७ हजार ७८८ नमुना परीक्षण गर्दा उनीहरुमा सं’क्रमणको पुष्टि भएको हो ।
यससँगै कुल सं’क्रमितको सख्ंया २२ हजार ५९२ पुगेको छ । उनीहरुमध्ये ७३ जनाको मृ’त्यु भएको छ भने १६ हजार ३१३ जना निको भइसकेका छन् ।
यो पनि पढ्नुस्
प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा रहेकाे भनिएकाे भगवान रामकाे जन्मभूमि अयोध्यापुरीकाे अध्ययन, उत्खननका काम अगाडि बढाउन निर्देशन दिएका छन् । शुक्रबार माडी नगरपालिका वडा नं ९ का वडाध्यक्ष शिवहरि सुवेदीलाई टेलिफोन गर्दै प्रधानमन्त्रीले अयोध्यापुरीको अध्ययन अगाडि बढाउन निर्देशन दिएका छन् ।
वडाध्यक्ष सुवेदीले ‘त्यहाँ के कस्ता संरचना छन्, केके बनाउनुभएको छ ?’ भन्दै प्रधानमन्त्रीले टेलिफाेनमा चासाे राख्नुभएकाे बताएका छन् । उनले प्रधानमन्त्रीकाे भनाइ उद्धृत गर्दै भने, ‘भारतमा भएको अयोध्याका विषयमा त्यहाँका जनतासमेत विश्वस्त नरहेको पाइएकाले हाम्रो अयोध्याका विषयमा थप अध्ययन र संरक्षणमा जुट्नुपर्छ । तपाईँहरु के के गर्दै हुनुहुन्छ, तुरुन्तै काम अघि बढाउनुपर्यो ।’
प्रधानमन्त्री ओलीले अयोध्यापुरीका विषयमा माडीको टोलीसँग छलफलका लागि आतुर रहेकाे वडाध्यक्ष सुवेदीकाे भनाइ छ । उनले प्रधानमन्त्रीले राम जन्मस्थल अयोध्या नेपालमै रहेकाे बारे यथेष्ट प्रमाण रहेकाे विश्वास समेत दिलाएको बताए । सोमेश्वर गढी, वाल्मिकी आश्रमलगायत स्थानसमेत बलियो आधार भएको र अन्य अध्ययनले पनि बलियाे सम्भावना देखाएकाे प्रधानमन्त्रीकाे विश्वास छ ।
माडीमा रहेका पुराना धार्मिक सम्पदा र पुरातात्विक सामग्रीको संरक्षण गर्न अनुरोध समेत गर्दै प्रधानमन्त्री ओलीले आगामी रामनवमी पर्वमा ठूलो पूजा गरी काम शुरु गरिने बताउनुभएको वडाध्यक्ष सुवेदीले जानकारी दिए ।
प्रधानमन्त्री ओलीले आज शनिबार माडीका नगर प्रमुखसहितका प्रतिनिधिलाई भेट्न बालुवाटारमै बोलाएको माडी नगरपालिका प्रमुख ठाकुर ढकालले जानकारी दिए । ढकालका अनुसार वडाध्यक्ष सुवेदी, नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का माडी अध्यक्ष प्रभु महतो, सचिव नारदमणि पौडेलसहितको टोलीले प्रधानमन्त्रीलाई भेट्नेछ ।