नेपाली सिने क्षेत्रका सफल नायक तथा निर्माता श्रीकृष्ण श्रेष्ठको नि’धन भएको आज ६ बर्ष भएको छ । आज अर्थात् साउन २५ स्व. श्रीकृष्ण श्रेष्ठको स्मृति दिवस । २०७१ साल साउन २५ गते अभिनेता श्रेष्ठको नि’धन भएको थियो । अभिनेता श्रीकृष्ण श्रेष्ठलाई स्मरण गर्दै पत्नी तथा नायिका स्वेता खड्काले निकै भावुक स्टाटस लेख्दै स्व. श्रेष्ठको फोटो सेयर गरेकी छिन् ।
स्वेताले सामाजिक संजालमार्फत श्रीकृष्णलाई सम्झिदै यस्तो स्टाटस लेखेकी छिन्, ‘यादमा बाँचिरहेको मान्छे साथ नहुँदैमा विलिन भएको भन्न कहाँ मिल्छ र ! मन–मष्तिस्कमा सँधै अमर तिमी । हार्दिक श्रद्दासुमन ।’
नायक श्रीकृष्ण श्रेष्ठलाई चलचित्र क्षेत्रका कलाकार, निर्माता, निर्देशकले सामाजिक संजालबाट संझिएका छन् । नायिका करिश्मा मानन्धर, विपना थापा, निर्देशक आकाश अधिकारी लगायतले श्रीकृष्णसँग काम गर्दाको पल संझिएका छन् ।
बिहे भएको केही हप्तामै स्वास्थ्यमा समस्या भएपछि उपचारका लागि श्रीकृष्ण नायिका स्वेता खड्काको साथमा दिल्ली पुगेका थिए । दिल्लीमा केही हप्ता उपचार पछि उनले प्राण त्यागेका थिए ।
यो पनि पढ्नुस्
राज्यले गर्ने लगानी कम र स्वास्थ्य पूर्वाधार कमजोर भए पनि, प्रशंसनीय कुरा— कोरोना सं’क्रमितको उपचार सफलतामा हालसम्म नेपाल अगाडि छ। शनिबार साँझसम्मको तथ्यांकअनुसार विश्वभर सं’क्रमितमध्ये ६४.२२ प्रतिशत निको भएका छन्। सार्क मुलुकमा निको भएकाको प्रतिशत ६९.८ छ। ठूला देश भारतमा ६८.४३ र अमेरिकामा ५१.३ प्रतिशतले कोरोना जितेका छन्। जब कि नेपालमा ७२.२ प्रतिशत निको भएर घर फर्किइसकेका छन्।
स्वास्थ्य मन्त्रालयका अनुसार शनिबार साँझसम्म देशभर सं’क्रमितको संख्या २२ हजार ५ सय ९२ पुगेको छ। तीमध्ये ६ हजार २ सय ६ जना उपचारका क्रममा छन्। १६ हजार ३ सय १३ जनाले स्वास्थ्यलाभ गरिसकेका छन्। मुलुकमा कोरोना सं’क्रमण ह्वात्तै बढे पनि निको हुनेको संख्या पनि उल्लेख्य छ। सं’क्रमण मुक्त भई पछिल्लो २४ घण्टामा डिस्चार्ज हुने ४ सय ९९ जना छन्। यहाँसम्म आइपुग्दा सं’क्रमितभन्दा डिस्चार्ज हुनेको संख्या बढी भइसकेको छ। केहीअघिसम्म निको हुनेभन्दा सं’क्रमित बढी थिए।
असार १ गते १ हजार ४१ सं’क्रमित निको भई डिस्चार्ज भएका थिए। त्यसको दुई साताभित्र निको हुनेको संख्या दोब्बर वृद्धि भएको थियो। असार १५ गते ३ हजार १ सय ३४ जना घर फर्किएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। असार २८ गतेसम्ममा ८ हजार १ सय ४७ जना सं’क्रमणपछि डिस्चार्ज भएका थिए। जब कि त्यस दिनसम्म सक्रिय सं’क्रमितको संख्या ८ हजार ५ सय ८९ थियो।
कुनै न कुनै स्वास्थ्य समस्या भएका र पहिलादेखि नै औषधि सेवन गरिरहेका व्यक्तिको मात्र कोरोना सं’क्रमणपछि ज्यान गएको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा. सागरकुमार राजभण्डारी बताउँछन्। यो समाचार आजको अन्नपूर्ण पोस्टमा छ ।