आइतबार (आज) बिहान गोंगबु चोकबाट उत्तर–पश्चिमतर्फको ५०० मिटर दूरीमा एउटा सुटकेश भेटियो । पर्किङ गरेर राखिएको एक ट्याक्सी र मारुती भ्यानको बीचमा थियो सो, सुटकेश । उक्त सुटकेशलाई बाहिरबाट रातो प्लाष्टिकले बेरिएको थियो ।
स्थानीयले बिहान करिब ७ बजेको समयमा उक्त सुटकेश देखे । त्यसपछि स्थानियले प्रहरीमा खबर गरेका थिए । घुँडादेखि माथि र घाँटीदेखि तलसम्मको भाग मात्र भेटिपछि खुट्टा र टाउको खोज्न प्रहरी परिचालन भयो ।
प्रहरीले फेला नपरेपछि डग स्कुलबाट कुकुर झिकाइयो । अन्ततः कुकुरले ३०० मिटरको दुरीमा फलिएको अवस्थामा टाउको र खुट्टा फेला पार्यो । सुटकेश सुँघाएर छाडिएको कुकुर तीन सय मिटर पर गएर रोकियो, जहाँ अर्को जेब्रा झोला भेटियो ।
दुवै स्थानमा भेटिएको श’वको टु’क्राको अवलोकनबाट फरेन्सिक विज्ञले घ’टना पछिल्लो १२ घण्टाको अवधिमा भएको हुनसक्ने निष्कर्ष निकालेका छन् । यद्यपि, यसबारे विस्तृत विवरण पो’ष्टमा’र्टम रिपोर्टले नै खुलाउनेछ । हाल पो’ष्टमा’र्टमका लागि श’वलाई त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज पठाइसकिएको छ ।
यो पनि पढ्नुस्
राज्यले गर्ने लगानी कम र स्वास्थ्य पूर्वाधार कमजोर भए पनि, प्रशंसनीय कुरा— कोरोना सं’क्रमितको उपचार सफलतामा हालसम्म नेपाल अगाडि छ। शनिबार साँझसम्मको तथ्यांकअनुसार विश्वभर सं’क्रमितमध्ये ६४.२२ प्रतिशत निको भएका छन्। सार्क मुलुकमा निको भएकाको प्रतिशत ६९.८ छ। ठूला देश भारतमा ६८.४३ र अमेरिकामा ५१.३ प्रतिशतले कोरोना जितेका छन्। जब कि नेपालमा ७२.२ प्रतिशत निको भएर घर फर्किइसकेका छन्।
स्वास्थ्य मन्त्रालयका अनुसार शनिबार साँझसम्म देशभर सं’क्रमितको संख्या २२ हजार ५ सय ९२ पुगेको छ। तीमध्ये ६ हजार २ सय ६ जना उपचारका क्रममा छन्। १६ हजार ३ सय १३ जनाले स्वास्थ्यलाभ गरिसकेका छन्। मुलुकमा कोरोना सं’क्रमण ह्वात्तै बढे पनि निको हुनेको संख्या पनि उल्लेख्य छ। सं’क्रमण मुक्त भई पछिल्लो २४ घण्टामा डिस्चार्ज हुने ४ सय ९९ जना छन्। यहाँसम्म आइपुग्दा सं’क्रमितभन्दा डिस्चार्ज हुनेको संख्या बढी भइसकेको छ। केहीअघिसम्म निको हुनेभन्दा सं’क्रमित बढी थिए।
असार १ गते १ हजार ४१ सं’क्रमित निको भई डिस्चार्ज भएका थिए। त्यसको दुई साताभित्र निको हुनेको संख्या दोब्बर वृद्धि भएको थियो। असार १५ गते ३ हजार १ सय ३४ जना घर फर्किएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। असार २८ गतेसम्ममा ८ हजार १ सय ४७ जना सं’क्रमणपछि डिस्चार्ज भएका थिए। जब कि त्यस दिनसम्म सक्रिय सं’क्रमितको संख्या ८ हजार ५ सय ८९ थियो।
कुनै न कुनै स्वास्थ्य समस्या भएका र पहिलादेखि नै औषधि सेवन गरिरहेका व्यक्तिको मात्र कोरोना सं’क्रमणपछि ज्यान गएको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा. सागरकुमार राजभण्डारी बताउँछन्। यो समाचार आजको अन्नपूर्ण पोस्टमा छ ।