घु’स नखाने दुई प्रहरी हवल्दार पुरस्कृत भएका छन् । बागमती प्रदेश प्रहरी कार्यालय, हेटौंडाले जिप्रका सिन्धुली र चितवनमा कार्यरत प्रहरी हवल्दार पुरस्कृत गरेको हो । ड्युटीमा बसेका प्रहरी कर्मचारीलाई विभिन्न प्रलोभन देखाई घु’स रकम दिन खोज्ने व्यक्तिहरुलाई प’क्राउ गरी कानुन बमोजिम कारवाही गर्ने प्रहरी कर्मचारीहरुलाई पुरस्कार प्रदान गरिएको बागमती प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
आर्थिक प्रलोभनमा नपरी आफ्नो ड्युटीमा इमान्दारिता प्रदर्शन गर्ने प्रहरी कर्मचारीलाई पुरस्कृत गरिएको बागमती प्रदेश प्रहरी कार्यालय, हेटौंडाले जनाएको छ । प्रदेश प्रहरी कार्यालय र मातहतका कार्यालय समेतले हालसम्म २३ जना प्रहरी कर्मचारीहरुलाई पुरस्कृत गरिसकेको डीआईजी लामाले बताए । आर्थिक प्रलोभनमा परी आफ्नो जिम्मेवारी पूरा नगर्ने एक प्रहरी निरीक्षकसहित ४ प्रहरी कर्मचारीलाई निलम्बन समेत गरिएको बताईएको छ ।
प्रहरी कर्मचारीहरुलाई ५ सय देखि ५ हजार रुपैयाँसम्म घु’स दिन खोजेको जनाईएको छ। प्रहरीका अनुसार सवारी चालकहरूले एक जिल्लाबाट अर्को जिल्ला प्रवेश गर्न, सवारी पासको दुरूपयोग गरी यात्रु ओसारपसार गर्न, दु’र्घटना गराई कानूनी कारबाहीबाट उम्किन र नदिजन्य सामाग्री अवैधरूपमा ओसारपसार गर्न घु’स दिन खोज्ने गरेको पाईएको छ ।
यो पनि पढ्नुस्
अन्तर जिल्ला यातायात र बाह्य तथा अन्तरिक हवाई उडान भदौ १ गतेदेखि नखुल्ने भएको छ । कोभिड—१९ संकट व्यवस्थापन सेन्टर (सीसीएमसी)को आइतबार बसेको बैठकले यसलाई १५ दिन पर सार्न सिफारिस गरेको हो ।
५ साउनमा बसेको मन्त्रिपरिषद् बैठकले चार महिना लामो लकडाउन अन्त्य गर्दै अन्तर जिल्ला यातायात, बाह्य तथा अन्तरिक हवाई उडान तथा विद्यालय भर्ना लगायतका गतिविधि भदौ १ गतेदेखि निर्णय गरेको थियो ।
तर कोरोना भाइरस (कोभिड–१९) को संक्रमणको जोखिम बढेको भन्दै सीसीएमसीले छोटो, मध्य र लामो दुरीमा अन्तरजिल्ला निजी तथा सार्वजनिक यातायात, आन्तरिक तथा अन्तराष्ट्रिय व्यवसायिक उडान, खेलकुद प्रशिक्षण, विद्यार्थी भर्ना, शैक्षिक तथा अन्य परीक्षा जस्ता कार्य भदौ १५ सम्म स्थगित गर्न सिफारिस गरेको छ ।
सीमामा थप कडाई
सीसीएमसीको बैठकले अन्तराष्ट्रिय सीमा नाकाहरुमा थप कडाई गर्न सिफारिस गरेको छ । भारतबाट आउने नेपालीहरुका लागि तोकिएको प्रवेश बिन्दु २० बाट १० मा झारिनेछ भने अन्यत्रबाट आउनेहरुलाई पूर्ण रुपमा निशेष गरिनेछ ।
तोकिएको प्रवेश बिन्दुबाट आवतजावत भइरहेको र सीमापार बजार क्षेत्रमा समेत कारोना संक्रमण फैलिएको भन्दै सीसीएमसीले दैनिक रुपमा किनमेल गर्न, कामदार ल्याउन हुने आवतजावततलाई पूर्ण रुपमा बन्द गर्न सिफारिस गरेको छ ।
यसबारे औपचारिक निर्णय भने भोलि सोमबार बस्ने मन्त्रिपरिषद्को बैठकले गर्ने एक मन्त्रीले जानकारी दिए ।
बैठकले कोरोना संक्रमितको केस २०० भन्दा बढी भएका जिल्ला र काठमाडौं उपत्यकाका सरकारी तथा गैरसरकारी निकाय, बैंक तथा वित्तीय संस्था लगायत जनतासँग प्रत्यक्ष सम्पर्कमा रहेका निकायहरुलाई अनलाइन, भर्चुअल वा विद्युतीय माध्यमबाट सेवा प्रवाहमा जोड दिने निर्णय समेत गरेको छ ।
यसरी सेवा प्रवाह गर्दा अत्यावश्यक सेवाको हकमा ७/७ दिन तथा अन्य कार्यालयको हकमा १५/१५ दिनको आलोपालो मिलाई ५० प्रतिशतलाई कार्यालय र बाँकीलाई घरबाट काम गर्ने व्यवस्था मिलाउन भनेको छ । साथै स्थानीय तहको समन्वयमा थप आइसोलेसन र क्वारेन्टिन स्थलहरु व्यवस्था गर्ने निर्णय गरेको छ ।
अधिकांश जिल्लामा संक्रमितको संख्या बढ्दै गएकाले आइसोलेसनको अभाव देखिएकाले स्थानीय तह र जिल्ला संकट व्यवस्थापन केन्द्रको समन्वयमा आइसोलेसन र क्वारेन्टिनको थप व्यवस्था गर्ने निर्णय गरेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका सचिव महेन्द्रप्रसाद गुरागाईंले जानकारी दिए ।
जनस्वाथ्यका मापदण्ड पालना नगर्न संक्रमणको जोखिमसँगै मृत्युदर बढेको निष्कर्ष निकाल्दे बैठकले अत्यावश्यक कामबाहेक घर बाहिर ननिस्किन र निस्कनै परे स्वास्थ्य सुरक्षाका सम्पूर्ण मापदण्ड पालना गर्न आग्रह गरेको छ ।