समान्यतया एउटा बच्चाको तौला २.५ केजीदेखि ३.५ केजीसम्म हुने चिकित्सकहरु बताउँछन् । तर, भरतपुरको चितवन मेडिकल कलेजमा एक महिलाले पाँच केजीको बच्चा जन्माएकी छिन् । मकवानपुरको चुरीयामाई ९ घर भएकी ३० बर्षकी सीता लोप्चनले सोमबार विहान पाँच किलो ग्राम तौल भएकी छोरी जन्माएकी छिन् ।
आमामा उच्च रक्तचाप देखिएको र बच्चा ठूलो भएकाले अ’प्रेसन गर्न नसक्ने भन्दै हेटौडा अस्पतालबाट आइतबार रिफर भएकी लोप्चनको अ’प्रेशन गरेर बच्चा निकालिएको अस्पतालले जनाएको छ ।
डा. बन्दना खनाल, डा. प्रेक्षा सिंह, डा. वसन्त आचार्य डा. इन्द्रनारायण श्रेष्ठ, डा. रेनुका ताम्राकारसहितको टोलीले अ’प्रेशन गरेको थियो । अहिले आमा र बच्चा दुबैको अवस्था सामान्य रहेको कलेजले जनाएको छ । आमा सीता लोप्चनको तौल ११२ केजी रहेको हुनाले पनि अ’प्रेसन ज’टिल भएको जनाईएको छ ।
यो पनि पढ्नुस्
उपत्यकामा कोरोना भाइरस (कोभिड–१९) को जो’खिम बढ्दै गएपछि विभिन्न जिल्लाबाट साँगा नाका हुँदै उपत्यका प्रवेश गर्न रोक लगाइएको छ । साँगा र बनेपाबाट नाला हुँदै भक्तपुर प्रवेश गर्ने नाकामा समेत कडाइ गर्दै एम्बुलेन्स र दमकल लगायतका अत्यावश्यक सवारी साधनबाहेक अरुलाई रोक लगाएको महानगरीय प्रहरी वृत्त जगातीले जनाएको छ ।
विभिन्न जिल्लाबाट निजी र रिजर्भ गाडीमा आएका यात्रुलाई साँगाबाट फर्काउने गरेको र पैदल यात्रीलाई समेत रोक लगाइएको बताईएको छ । साँझ ७ बजेदेखि बिहान ७ बजेसम्म एम्बुलेन्स र दमकल बाहेकका सबै प्रकारका यातायातका साधनलाई प्रवेशमा रोक लगाइएको छ । पास भएका सवारी साधन पनि साँझ ७ बजेबाट प्रवेश गर्न पाउने छैनन् ।
ढुवानीका साधन भने राति १० बजेदेखि बिहान ४ बजेसम्म मात्रै सञ्चालन गर्न पाउने छन् तर ढुवानीका साधनमा पनि एक चालक र एक सहचालक बाहेक अरु व्यक्ति रहेको पाइए प्रवेशमा रोक लगाइने प्रहरीको भनाई छ । प्रहरीले राति ९ बजेभित्र सम्पूर्ण नागरिकलाई आफ्नो घर पुगिसक्न आह्वान गरेको छ । राति ९ बजेदेखि बिहान ५ बजेसम्म कुनै पनि निजी तथा सार्वजनिक यातायात सञ्चालन गर्न र पैदल यात्रुलाई समेत रोक लगाइएको छ ।