काठमाडौं उपत्यकामा थप ४४ जनामा कोरोना सं’क्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ४४ जनामा कोरोना सं’क्रमण भएको पुष्टि गरेका हुन्।
काठमाडौंका ३६ जना, भक्तपुरका ४ जना र ललितपुरका ४ जना गरी कुल ४४ जनामा कोरोना सं’क्रमण देखिएको मन्त्रालयले पुष्टि गरेको हो। त्यस्तै, नेपालमा आज थप ३ सय ३८ जनामा कोरोना भाइरसको सं’क्रमण पुष्टि भएको छ ।
देशभरका प्रयोगशालामा ८ हजार ४३२ नमुना परीक्षण गर्दा उनीहरुमा सं’क्रमण पुष्टि भएको हो । यससँगै कुल सं’क्रमितको संख्या २३ हजार ३१० पुगेको छ । पछिल्लो २४ घण्टामा ११० जना डिस्चार्ज भएका छन् । कुल डिस्चार्जको संख्या भने १६ हजार ३५३ पुगेको छ । हालसम्म ७६ जनाको कोरोनाले मृ’त्यु भएको छ।
यो पनि पढ्नुस्
उपत्यकामा कोरोना भाइरस (कोभिड–१९) को जो’खिम बढ्दै गएपछि विभिन्न जिल्लाबाट साँगा नाका हुँदै उपत्यका प्रवेश गर्न रोक लगाइएको छ । साँगा र बनेपाबाट नाला हुँदै भक्तपुर प्रवेश गर्ने नाकामा समेत कडाइ गर्दै एम्बुलेन्स र दमकल लगायतका अत्यावश्यक सवारी साधनबाहेक अरुलाई रोक लगाएको महानगरीय प्रहरी वृत्त जगातीले जनाएको छ ।
विभिन्न जिल्लाबाट निजी र रिजर्भ गाडीमा आएका यात्रुलाई साँगाबाट फर्काउने गरेको र पैदल यात्रीलाई समेत रोक लगाइएको बताईएको छ । साँझ ७ बजेदेखि बिहान ७ बजेसम्म एम्बुलेन्स र दमकल बाहेकका सबै प्रकारका यातायातका साधनलाई प्रवेशमा रोक लगाइएको छ । पास भएका सवारी साधन पनि साँझ ७ बजेबाट प्रवेश गर्न पाउने छैनन् ।
ढुवानीका साधन भने राति १० बजेदेखि बिहान ४ बजेसम्म मात्रै सञ्चालन गर्न पाउने छन् तर ढुवानीका साधनमा पनि एक चालक र एक सहचालक बाहेक अरु व्यक्ति रहेको पाइए प्रवेशमा रोक लगाइने प्रहरीको भनाई छ । प्रहरीले राति ९ बजेभित्र सम्पूर्ण नागरिकलाई आफ्नो घर पुगिसक्न आह्वान गरेको छ । राति ९ बजेदेखि बिहान ५ बजेसम्म कुनै पनि निजी तथा सार्वजनिक यातायात सञ्चालन गर्न र पैदल यात्रुलाई समेत रोक लगाइएको छ ।