काठमाडौँको गोंगबुमा सुटकेशमा फलिएको अवस्थामा फेला परेको दाङका कृष्णबहादुर बोहराको ह’त्या गरेर फाल्ने आ’रोपीलाई प्रहरीले प’क्राउ गरेको छ । चितवन टाँडीस्थित माधवपुरबाट कल्पना शाहीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनलाई प्रहरीले काठमाडौं ल्याउँदैछ ।
आइतबार विहान बोहराको शरीरको मुख्य भाग सुटकेशमा तथा टाउको र बुट्टा जेब्रा झोलामा फेला परेको थियो । हत्या गरिएका बोहरा नयाँ बजारस्थित एक गार्मेन्टमा काम गर्थे । काठमाडौँको गोंगबुमा हिजो बिहान टु’क्रा-टु’क्रा पारेर बाकसमा राखेर फालिएको श’वको पहिचान भएको थियो ।
सुटकेशमा भेटिएको श’व दाङ घर भइ हाल काठमाडौंको नयाँ बजारस्थित एक गार्मेन्टमा कार्यरत कृष्णबहादुर बोहराको रहेको खुलेको थियो । श’वको पहिचान नभएपछि प्रहरीले मृ’तकको फोटो सार्वजनिक गरेको थियो ।
गोंगवु गणेशस्थानस्थित सडकमा श’व टु’क्रा टु’क्रा बनाएर सुटकेशमा फलिएको अवस्थामा फेला परेको थियो । गोंगबु चोकबाट उत्तर–पश्चिमतर्फको ५०० मिटर दूरीमा एउटा सुटकेश भेटिएको थियो । पर्किङ गरेर राखिएको एक ट्याक्सी र मारुती भ्यानको बीचमा थियो सो, सुटकेश । उक्त सुटकेशलाई बाहिरबाट रातो प्लाष्टिकले बेरिएको थियो ।
स्थानीयले बिहान करिब ७ बजेको समयमा उक्त सुटकेश देखेपछि प्रहरीमा खबर गरेका थिए । घुँडादेखि माथि र घाँटीदेखि तलसम्मको भाग मात्र भेटिएपछि खुट्टा र टाउको कुकुरले फेला पारेको थियो ।
यो पनि पढ्नुस्
उपत्यकामा कोरोना भाइरस (कोभिड–१९) को जो’खिम बढ्दै गएपछि विभिन्न जिल्लाबाट साँगा नाका हुँदै उपत्यका प्रवेश गर्न रोक लगाइएको छ । साँगा र बनेपाबाट नाला हुँदै भक्तपुर प्रवेश गर्ने नाकामा समेत कडाइ गर्दै एम्बुलेन्स र दमकल लगायतका अत्यावश्यक सवारी साधनबाहेक अरुलाई रोक लगाएको महानगरीय प्रहरी वृत्त जगातीले जनाएको छ ।
विभिन्न जिल्लाबाट निजी र रिजर्भ गाडीमा आएका यात्रुलाई साँगाबाट फर्काउने गरेको र पैदल यात्रीलाई समेत रोक लगाइएको बताईएको छ । साँझ ७ बजेदेखि बिहान ७ बजेसम्म एम्बुलेन्स र दमकल बाहेकका सबै प्रकारका यातायातका साधनलाई प्रवेशमा रोक लगाइएको छ । पास भएका सवारी साधन पनि साँझ ७ बजेबाट प्रवेश गर्न पाउने छैनन् ।
ढुवानीका साधन भने राति १० बजेदेखि बिहान ४ बजेसम्म मात्रै सञ्चालन गर्न पाउने छन् तर ढुवानीका साधनमा पनि एक चालक र एक सहचालक बाहेक अरु व्यक्ति रहेको पाइए प्रवेशमा रोक लगाइने प्रहरीको भनाई छ । प्रहरीले राति ९ बजेभित्र सम्पूर्ण नागरिकलाई आफ्नो घर पुगिसक्न आह्वान गरेको छ । राति ९ बजेदेखि बिहान ५ बजेसम्म कुनै पनि निजी तथा सार्वजनिक यातायात सञ्चालन गर्न र पैदल यात्रुलाई समेत रोक लगाइएको छ ।