दाङमा २९ जना नेपाली सेनामा कोरोना सं’क्रमण भएको पुष्टि भएको छ । दाङको तुलसीपुरमा रहेको १९ नं. बाहिनीमा कार्यरत २९ जना नेपाली सेनामा एकै दिन कोरोना पुष्टि भएको हो । भेरी अस्पताल नेपालगञ्ज बाँकेमा गरिएको पीसीआर परीक्षणमा १९ नम्बर बाहिनीका २९ जना नेपाली सेनाका जवानमा कोरोना देखिएको बाहिनीले पुष्टि गरेको छ ।
साउन १८ गते सं’क्रमण देखिएका जवानाको सम्पर्कमा आएका व्यक्तिको कन्ट्याक ट्रेसिङ गर्दा २९ जनामा सं’क्रमण देखिएको बताईएको छ । प्युठानमा कार्यरत एक जवान साउन १४ गते ट्रेनिङका लागि नेपालगञ्ज जाँदै गरेको समयमा स्वास्थ्य समस्या देखिएपछि साउन १६ गते स्वाब संकलन गरी परीक्षण गर्दा सं’क्रमण देखिएको थियो ।
ती जवानमा सं’क्रमण देखिएपछि उनको सम्पर्कमा आएका ३१ जनाको साउन २३ गते स्वाब संकलन गरिएको थियो । जसमा २९ जनाको पोजिटिभ र २ जनाको रिर्पोट नेगेटिभ आएको हो । कोरोना सं’क्रमण पुष्टि भएका २९ जना सबै बाहिनीभित्रैको आइसोलेसनमा बसिरहेको वताईएको छ ।
यो पनि पढ्नुस्
वैदेशिक रोजगारका लागि विदेश गएका पतिले घर खर्च चलाउन पठाएको रकमबाट घर खर्च गरेको रकमको हिसाब किताबको पत्नीले विश्वास दिलाउन नसक्दा पति र पत्नीबीच सम्बन्धविच्छेदको प्रमुख कारण बन्न पुगेको छ ।
वाग्मती प्रदेशअन्तर्गत पर्ने मकवानपुर जिल्लामा पनि गत आव २०७६\७७ मा जिल्ला अदालतमा सम्बन्धविच्छेदका लागि ५३१ मु’द्दा दर्ता गरिएको थियो । तीमध्ये ३०० मु’द्दा फछ्र्योट गरी पत्नी र पतिबीच सम्बन्धविच्छेद गरिएको जिल्ला अदालत मकवानपुरले जनाएको छ ।
जिल्ला अदालतमा अघिल्लो आव २०७४\७५ मा दर्ता भएका ५१२ सम्बन्धविच्छेदका मु’द्दामध्ये अदालतले ३३३ मु’द्दा फछ्र्र्योट गरेको थियो । जिल्ला अदालतमा विवाहित पत्नीहरुले पतिबाट पारिवारिक हिं’सा, दु’व्र्यवहार गर्नुका साथै खान लगाउन नदिएको भनी सम्बन्धविच्छेद गरी पाऊँ भनी दिइएको निवेदन अनुसार जिल्ला अदालतको इजला’समा कानूनी बहस हुँदा बरु पत्नीबाटै ६० प्रतिशत पतिमाथि नै आर्थिक र पारिवारिक विवादको कारणबाटै सम्बन्धविच्छेद बन्न पुगेको जिल्ला अदालतका स्रेस्तेदार तीर्थराज भट्टराईले बताएका छन् ।
विवाहित पत्नीले पतिभन्दा अन्य व्यक्तिसँग हेलमेल गरी अधिक खर्च गरेको भनी पतिले आ’रोप लगाउँदा करिब ४० प्रतिशत जति विवाहित पत्नी सम्बन्धविच्छेदको शि’कार हुनुपरेको पनि श्रेस्तेदार भट्टराईले जानकारी दिनुभयो ।
अदालतको इजला’समा नवविवाहित युवतीले आफ्नो पतिसँग अब कुनै अंशबण्डाको हिस्सा नलिने स्वीकार गर्दै अन्य व्यक्तिसँग नाता जोड्ने मनसाय राखी सम्बन्धविच्छेद गर्ने उद्देश्य राखी निवेदन दर्ता गरिएको पनि श्रेस्तेदार भट्टराईले उल्लेख गर्नुभयो ।
यसैगरी जिल्ला अदालत मकवानपुरले गत आव २०७६र७७ मा बाल हिं’सा, चो’री र नाबालकले नाबालिकालाई प्रलोभनमा पारी ज’बर्ज’स्ती अनुचित कार्य गर्न बाध्य बनाइएको मुद्दामा जिल्ला अदालतका न्यायाधीश डिल्लीरत्न श्रेष्ठको बाल इजलासले केही नाबालिकालाई सम्बन्धित अभिभावकको जिम्मा र केही नाबालकलाई सुधारगृहमा कैद भुक्तानको लागि पठाएको जनाएको छ ।
जिल्ला अदालतमा बाल हिं’सा अनुचित कार्य गर्ने र चो’री अ’भियोग सम्बन्धमा समेत गत आवमा २७ मु’द्दा दर्ता गराएकामध्ये २० मु’द्दाको फछ्र्र्यौट गरी बालबालिकाको इजला’सबाट थप सुरक्षागृहमा बालबालिकालाई पठाइएको पनि जिल्ला अदालतले जनाएको छ ।