काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप १३४ जनामा सं’क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा मंगलबार थप १३४ जनामा कोरोना सं’क्रमण भएको पुष्टि गरेका हुन् । काठमाडौंका ११०, भक्तपुरमा ८ र ललितपुरमा १६ जनामा गरी कुल १३४ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
त्यस्तै, नेपालमा आज थप ६३८ जनामा कोरोना सं’क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ५ सय ६२ जनाको परीक्षण गर्दा ६३८ जना सं’क्रमित भेटिएका हुन् । मन्त्रालयका अनुसार कोरोना भाइरसको कुल सं’क्रमित संख्या २३ हजार ९ सय ४८ जना पुगेको छ ।
मंगलबार १ सय ७१ जना डिस्चार्ज भएका छन् । देशभर सक्रिय सं’क्रमितको संख्या सात हजार २०१ रहेको छ । पछिल्लो २४ घण्टामा १० हजार चार सय ६२ जनाको पीसीआर परीक्षण गरिएको प्रवक्ता गौतमले प्रष्ट पारे । अहिलेसम्म कोरोना जित्नेको संख्या १६ हजार ६६४ पुगेको छ भने मृ’तकको संख्या ८३ पुगेको छ ।
यो पनि पढ्नुस्
काठमाडौँको गोंगबु नवज्योति मार्गमा दाङ घर भई काठमाडौंमा बस्दै आएका कृष्णबहादुर बोहोराको ह’त्यामा संलग्न महिलाले नक्कली फेसबुक आईडी बनाएर आफूलाई दुःख दिन थालेपछि ह’त्या गरेको प्रहरीसँगको बयानमा बताएकी छन् ।
अन्तरंग तस्वीरहरु नक्कली फेसबुक आईडी बनाएर सार्वजनिक गर्न थालेपछि र आफू अनुकूल चल्न द’बाव दिन थालेपछि ह’त्या गरेको वयान उनले दिएको अ’पराध अनुसन्धान महाशाखा प्रमुख दीपक थापाले जानकारी दिए ।
कृष्ण बहादुर बोहरालाई कल्पना मुडभरी (पौडेल)ले दहीमा पाँच वटा स्लिपिङ ट्याबलेट खुवाएर ल’ठ्याएपछि ह’त्या गरेको पाइएको छ । बोहराको ह’त्यामा संलग्न रहेको आ’रोपमा प’क्राउ परेकी महिला कलाकार समेत रहेको खुलेको छ । प्रहरीका अनुसार कल्पनाले केही टेलिश्रृंखलामा अभिनय गरेकी छिन् ।
प्रहरीले मंगलबार पत्रकार सम्मेलन मार्फत कल्पना मुडभरी (पौडेल) लाई सार्वजनिक गरेको हो । पत्रकार सम्मेलनमा दिएको जानकारी अनुसार बोहोरा ल’ठ्ठिएपछि कल्पनाले अण्डकोषमा हम्मरले प्र’हार गरेकी थिइन् । त्यसपछि सलले घाँ’टी क’सेर ह’त्या गरेकी थिइन् । बोहोरा म’रेको एकिन गरेपछि उनले घाँटी र खुट्टा छि’नालेर आफैंले श’व व्यवस्थापन गरेको प्रहरीले जनाएको छ ।
सोमबार बिहान काठमाडौंको गोंगबुमा सुटकेसमा टाउको र खुट्टा बिनाको श’व भेटिएको थियो । त्यसको केही मिटर पर जेब्रा झोलाभित्र टाउको र खुट्टा फेला परेको थियो । अनुसन्धान गर्ने क्रममा प्रहरीले सोमबार नै ह’त्यामा संलग्न महिला र उनकी छोरीलाई चितवनको टाँडीबाट प’क्राउ गरेर काठमाडौं ल्याएको थियो । बोहोराको श’व व्यवस्थापनमा उनकी छोरी पनि संलग्न रहेको प्रहरीको भनाइ छ ।