कोरोना भाइरस सं’क्रमणका कारण भारतीय कवि तथा शायर राहत इन्दाेरीको नि’धन भएको छ । कोरोना भाइरस सं’क्रमण पोजेटिभ देखिएका इन्दोरीलाई सोमबार साँझ नै मध्यप्रदेशस्थित औरविन्दो अस्पताल लगिएको थियो ।
मंगलबार बिहान उनकाे नि’धन भएकाे अस्पतालले जनाएकाे छ । ७० वर्षीय उर्दू कवि इन्दोरी कविता र गजलमा बराबर कलम चलाउने स्रष्टा हुन् । उनले दर्जनौं हिन्दी चलचित्रका लागि गीत लेखेका छन् । उनी उर्दु साहित्यका प्राध्यापकसमेत हुन् ।
यो पनि पढ्नुस्
सरकारले देशमा कोरोना महामारीको जो’खिम बढ्दै गएपछि शैक्षिक संस्था अनिश्चितकालका लागि बन्द गरेको छ । सरकारका प्रवक्ता युवराज खतिवडा अनुसार अर्को सूचना जारी नभएसम्मका लागि शैक्षिक संस्था बन्द गरिएको बताएका छन् । मंगलबार मन्त्रिपरिषदले गरेको निर्णय सार्वजनिक गर्दै प्रवक्ता खतिवडाले शैक्षिक संस्था, सैलुन, पुस्तकालय, सेमिनार, पार्टी प्यालेस अर्को सूचना जारी नभएसम्मका लागि बन्द रहने निर्णय भएको जानकारी दिए ।
काठमाडौं उपत्यका र दुई सय भन्दा बढी कोरोना सं’क्रमित भएका जिल्लामा जनतासँग प्रत्यक्ष जोडिएर दिइने सेवा प्रवाहका काम सकेसम्म घरबाटै गर्ने व्यवस्था मिलाउनका लागि पनि उनले आग्रह गरेका छन् ।
यसका साथै उनले सरकारी तथा गैरसकारी संस्थामा ५० प्रतिशत कर्मचारीमात्रै कार्यालयमा आउने र बाँकीले घरबाटै काम गर्ने व्यवस्था सम्बन्धित कार्यालय प्रमुखले मिलाउनका लागि समेत आग्रह गरेका छन् । यही साउन १५ देखि रेष्टुरेन्टमा बसेर खान पनि पाइने नियम लागू भएको पनि कोरोना महामारीको जोखिम ह्वात्तै बढेकाले पुनः होटल तथा रेष्टुरेण्टमा बसेर खान नपाइने नियम पुनः लागू गरेको छ ।