नेपालमा कोरोना भाइरसबाट थप ८ जनाको मृ’त्यु भएको छ । पछिल्लो विवरण अनुसार कोरोनाभाइरसबाट थप ८ जनाको मृ’त्यु भएको हो । मृ’त्यु हुनेमा काठमाडौंका १, धादिङका १, धनुषाका २, सप्तरीका १, मोरङका १, कपिलवस्तुका १ र बाराका १ जना गरी जम्मा ८ जना रहेका छन् ।
योसँगै हालसम्म कोरोनाबाट मृ’त्यु हुनेको संख्या ९१ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बुधबारको नियमित प्रेस ब्रिफिङमा जानकारी दिए । काठमाडौं उपत्यकामा आज १ सय ३८ सं’क्रमित फेला परेका छन् । यो अहिलेसम्म काठमाडौं उपत्यकामा एकै दिन फेला परेको सबैभन्दा बढी संख्या हो ।
काठमाडौं उपत्यकामा कोरोना सं’क्रमण दर दिनप्रतिदिन बढ्दो छ । काठमाडौंका १०७ जना, भक्तपुरका ८ जना र ललितपुरका २३ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मंगलबार मात्र १३४ जनामा सं’क्रमण पुष्टि भएको थियो।
त्यस्तै, नेपालमा आज थप ४ सय ८४ जनामा कोरोना भाइरस कोभिड १९ सं’क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशका बिभिन्न भागमा ४ सय ८४ सं’क्रमित थपिएसंगै नेपालमा सं’क्रमितको कुल संख्या २४ हजार ४ सय ३२ पुगेको छ ।
अहिलेसम्म कोरोना जित्नेको संख्या १६ हजार ७२८ पुगेको छ । पछिल्लो २४ घण्टामा ६४ जना डिस्चार्ज भएका छन् । डिस्चार्ज हुनेको यो संख्या कुल सं’क्रमितमध्ये ६८.४ प्रतिशत रहेको मन्त्रालयका प्रवक्ता गौतमले जानकारी दिए ।
यो पनि पढ्नुस्
सरकारले नोवेल कोरोना भाइरस (कोभिड–१९) का कारण स्थगित परीक्षा १६ भदौबाट सञ्चालन गर्न दिने भएको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले ‘विद्यार्थी भर्ना, शैक्षिक र अन्य परीक्षा सञ्चालन’ १६ गतेबाट गर्न दिने निर्णय गरेको सरकारका प्रवक्ता समेत रहेका सूचना, सञ्चार तथा प्रविधि मन्त्री डा. युवराज खतिवडाले बताए ।
जनस्वास्थ्य तथा सुरक्षा मापदण्ड पालना गरी परीक्षा सञ्चालन र विद्यार्थी भर्ना गर्न दिने निर्णय गरेको प्रवक्ता खतिवडाले मंगलबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए । कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले भने भदौ मसान्तसम्म विद्यार्थी भर्ना र परीक्षा सञ्चालन गर्न नदिने सिफारिस गरेको थियो ।
५ साउनमा सरकारले १ भदौबाटै परीक्षा सञ्चालन र विद्यार्थी भर्ना गर्न दिने निर्णय गरेको थियो । सरकारको यो निर्णयपछि कतिपय विश्वविद्यालयहरूले भदौ दोस्रो हप्ताबाट परीक्षा सञ्चालनको तयारी गरेका थिए । कोभिड–१९ संक्रमित र ज्यान गुमाउनेका संख्या बढ्दै गएपछि सरकारले आफ्नो पुर्व निर्णयमा पुनर्विचार गरेको हो ।
‘फेस टु फेस’ पढाइ अझै अनिश्चित
विद्यार्थी भर्नाबारे निर्णय गरे पनि ‘फेस टु फेस’ पढाइ भने अझै अनिश्चित बनेको छ । मन्त्रि परिषद बैठकले विद्यालय, कलेज, ट्युसन सेन्टर, तालिम केन्द्र लगायतका शैक्षिक संस्थाहरू अर्को सूचना प्रकाशित नहुँदासम्मका लागि बन्द गर्ने निर्णय गरेको छ ।
गत चैत ५ गतेपछि शैक्षिक संस्थाहरूमा ‘फेस टु फेस’ पढाइ हुन सकेको छैन । कोभिड–१९ कै कारण यो वर्ष माध्यमिक शिक्षा परिक्षा (एसईई) हुन सकेन । विद्यालयको आन्तरिक मूल्यांकनको आधार राष्ट्रिय परीक्षा बोर्डले एसईईको नतिजा प्रकाशनको तयारी गरेको छ । यो वर्षदेखि कक्षा ११ को वार्षिक परीक्षा पनि सम्बन्धित विद्यालयले नै लिने भएको छ ।