नेपालमा आज कोरोना भाइरस (कोभिड–१९) को सं’क्रमणका कारण थप १० जनाको मृ’त्यु भएको छ । देशका विभिन्न अस्पतालमा काठमाडौं, धादिङ, धनुषा, सप्तरी, कपिलवस्तु, बारा र मोरङका गरेर १० जनाको मृ’त्यु भएको हो ।
काठमाडौँकी टेकुकी ७८ बर्षिया महिलाको मंगलबार राति किस्ट अस्पतालमा मृ’त्यु भएको छ । उनलाई कोरोना सं’क्रमण भएको बुधबार विहान पुष्टि भयो । ज्वरो र झाडावान्ता भएपछि पाटन अस्पताल पुगेकी उनलाई २६ गते किस्ट अस्पताल लगिएको थियो ।
बारा, कलैयाका ७७ बर्षिय पुरुषको बुधबार बिहान मृ’त्यु भयो । २६ गते त्रिवि शिक्षण अस्पतालबाट रिफर भएर किष्ट पुगेका उनको पनि मृ’त्युपछि स’क्रमण पुष्टि भयो । जनकपुरकी ३८ बर्षिया महिलाको पाटन स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृ’त्यु भएको छ । उनी १८ गते अस्पताल भर्ना भएकी थिइन् ।
जनकपुरका ७२ बर्षिय पुरुषको मेडीसिटि अस्पतालमा उपचारका क्रममा मृ’त्यु भएको छ । श्वासप्रश्वासमा समस्या आएपछि हेलिकप्टर चार्टर गरेर अस्पताल ल्याइएका उनको एक सातादेखि भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो ।
ह्याम्स अस्पतालमा मंगलबार मृत्यु भएका धादिङको नीलकण्ठ नगरपालिका–१४ धुँवाकोटका ३२ बर्षीय पुरुषमा पनि संक्रमण पुष्टि भएको छ । रुघाखोकी र ज्वरो आएपछि २४ गतेनजिकै रहेको गनेडाँडा स्वास्थ्य चौकी पुगेका उनी भोलिपल्ट जिल्ला अस्पताल गएका थिए । स्वास्थ्यमा अवस्था थप गम्भीर भएपछि उनलाई २७ गते ह्याम्स अस्पताल भर्ना गरिएको थियो ।
कपिलवस्तु नगरपालिका–२ तौलिहवाका ४२ वर्षीय पुरुषको कोरोना बिशेष अस्पताल, बुटवलमा मंगलबार रति मृ’त्यु भएको छ । उनी २५ गते भर्ना भएका थिए । सप्तरीको डाक्नेश्वरी–८ घर भई राजविराज ६ मा बस्ने ७२ बर्षिय सं’क्रमितको मंगलबार राति मृ’त्यु भएको छ ।
चार दिनदेखि ज्वरो आएका उनलाई कोरोना सं’क्रमण भएको मंगलबार पुष्टि भएको थियो । त्यही दिन साँझ उनको आइसोलेसन सेन्टर लैजाने क्रममा को एम्बुलेन्समै मृ’त्यु भएको छ । मोरङ, बुढीगंगा गाउँपालिका २ का ५५ वर्षका पुरुषको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा उपचारका क्रममा बुधबार विहान मृ’त्यु भएको छ ।
सोमबार राम जानकरी अस्पतालमा उपचारका क्रममा मृ’त्यु भएका महोत्तरीको मटीहानि नगरपालिका -६ का ५२ वर्षीय पुरुषमा पनि सं’क्रमण पुष्टि भएको छ । मंगलबार दिउँसो वीरगञ्ज–१६ नगवास्थित सडकमा मृ’त भेटिएका बाराको बिश्रामपुर – ५ का ३८ बर्षिय पुरुषमा पनि कोरोना सं’क्रमण पुष्टि भएको छ ।
यो पनि पढ्नुस्
देशमा उचित रोजगारीको अवसर नपाएकाले युवाहरु विदेशीन बाध्य छन् । युवा जनशक्तिलाई देश विकासको लागि समुचित ढंगले प्रयोग गर्न नसकेका स्वीकार गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले अब त्यस्तो बाध्यता नहुने बताएका छन् । अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा भर्चुअल सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले युवा शक्तिलाई देशमै पर्याप्त रोजगारीको व्यवस्था गरेर देशविकासमा लगाउन सरकार क्रियाशील रहेको पनि जानकारी दिएका छन् ।
सरकारले युवा विदेशिनबाट रोक्न ठोस प्रयास गरिरहेको भन्दै केही वर्षभित्रै बाध्यतमा बाहिर जाने अवस्थाको अन्त्य गर्ने रणनीति बनाइरहेको बताएका छन् । उनले युवाहरुको साथमा सरकार रहेको भन्दै युवा विना कुनैपनि काम सफल हुन नसक्ने बताएका छन् ।
उनले सामाजिक जागरण र नीति निर्माणका तहमा समानुपातिक सहभागी गरिएको भन्दैसरकारले युवाहरुका लागि विभिन्न तहबाट विभिन्न कार्यक्रम सञ्चालन गरिएको बताए । तीन करोड जनसंख्या भएको देशका २६ लाख युवा बाहिर हुनु खुसीको कुरा नभएको बताएका छन् ।
उनले युवा स्वरोजगार, युवापरिषद रोजगार र सहयोगका कार्यक्रम गरिएको भन्दै त्यसका लागि ७६ अर्व बजेट छुट्याएको समेत जानकारी दिए । उनले अहिले ४० प्रतशत युवाहरुले स्थानीय तहमा प्रतिनिधित्व गरिरहेको भन्दै त्योभन्दा केही कम प्रदेश र संघीय तहमा प्रतिनिधित्व युवाबाट भएको बताए । उनले यो प्रतिशतलाई बढाउदै लैजाने पनि प्रतिवद्धता जनाए ।
नयाँ र पुरानो पुस्ता मिलेर ज्ञान सिप, सामथ्र्य र अनुभव बाडेर देशका लागि प्रयोग गर्नुपर्ने भन्दै उनले युवाको क्षमता र सहभागिता बृद्धि गर्दै अघि बढ्नसकेमात्रै सामाजिक न्यायसहितको समृद्ध समाज निर्माण गर्न सकिने विश्वास व्यक्त गरेका छन् ।