केही समयअघि भारतको अयोध्यामा राम मन्दिर शिलान्यास कार्यक्रममा सहभागी भएका श्री राम जन्म तीर्थ क्षेत्र कोषका अध्यक्ष महन्त नृत्य गोपाल दासलाई कोरोना भाइरस (कोभिड-१९) को सं’क्रमण पुष्टि भएको छ ।
भारतीय समाचार संस्था एएनआईका अनुसार उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले पनि गोपालदासको स्वास्थ्यस्थितिको बारेमा जानकारी दिएका छन् । गोपाल दासलाई श्वासप्रश्वासमा समस्या उत्पन्न भएको बताइएको छ ।
अयोध्यामा भएको राम मन्दिर भूमि पूजन कार्यक्रममा उनीसँगै प्रधानमन्त्री नरेन्द्र मोदी, उत्तर प्रदेशकी गभर्नर आनन्दी बेन पटेल, मुख्यमन्त्री योगी आदित्यनाथ लगायतका व्यक्तिहरु सहभागी थिए ।
यो पनि पढ्नुस्
नेपाल आमाको राष्टसेवक तथा गाउँ देखि शहरलाई उज्यालो बनाएका नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको कार्यकाल सकिँदैछ । भदौ २९ गतेदेखि उनको ४ वर्षे कार्यकाल सकिन लागेको हो । कार्यकाल सकिन लागेपछि प्राधिकरणमा उनलाई निरन्तरता दिने कि नदिने भन्ने बहस सुरु भएको छ ।
अर्को कार्यकालमा निरन्तरता दिनुपर्छ भन्ने माग एकातिर हुँदा उनलाई फेरि सोही पदमा दोहोरिन नदिन चौतर्फी रुपमा चलखेल सुरु भएको छ । कुलमानलाई नदोहोर्याउन र सो ठाउँमा आफू अनुकुलका व्यक्तिलाई ल्याउन यतिबेला उच्च राजनीतिक तहमा सक्रियता बढ्न थालेको छ । सोही चलखेलका कारण उनी दोस्रो कार्यकालमा लागि प्राधिकरणमा रहने सम्भावना समेत कमजोर बन्दै गएको बताइएको छ ।
कुलमानलाई वर्षौंदेखिको लोडसेडिङलाई चामत्कारिक रुपमा ६ महिनाभित्रै अन्त्य गरेको जस जान्छ । लोडसेडिङ अन्त्यसँगै वर्षौंको घाटालाई अन्त्य गरेर प्राधिकरणलाई नाफामा लैजान र वर्षौंदेखिको सिञ्चित घाटालाई कम गर्दै जान सफल भएको जस पनि जान्छ सोही कारण अर्को कार्यकालमा पनि उनलाई प्राधिकरणमा निरन्तरता दिनुपर्ने जनमत बलियो छ । तर, उर्जामन्त्रीदेखि सरकारका उच्च अधिकारीहरु नै पछिल्लो समय कुलमानको विकल्पबारे छलफल अघि बढाइएका छन् ।
तात्कालिन उर्जामन्त्री जनार्दन शर्माले प्राधिकरणको दशौं तहका कर्मचारीको रुपमा कार्यरत घिसिङलाई २०७३ साल भदौ २६ गतेको मन्त्रिपरषद्को बैठकबाट निर्णय गराएर प्राधिकरणको कार्यकारी निर्देशकको रुपमा ल्याएका थिए । उनले भदौ ३० गते पदभार ग्रहण गरेका थिए ।