नेपालमा आज थप ५ सय २५ जनामा कोरोना भाइरस कोभिड १९ सं’क्रमणको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशका बिभिन्न भागमा ५ सय २५ सं’क्रमित थपिएसंगै नेपालमा सं’क्रमितको कुल संख्या २४ हजार ९ सय ५७ पुगेको छ ।
पछिल्लो २४ घण्टामा १०९ जना डिस्चार्ज भएका छन् । अहिलेसम्म कोरोना जित्नेको संख्या १६ हजार ८३७ पुगेको छ । डिस्चार्ज हुनेको यो संख्या कुल सं’क्रमितमध्ये ६८.४ प्रतिशत रहेको मन्त्रालयका प्रवक्ता गौतमले जानकारी दिए ।
प्रवक्ता गौतमका अनुसार ७३ पुरुष र २२ महिला गरेर मृ’तकको संख्या ९५ पुगेको छ । मन्त्रालयका अनुसार अहिले आइसोलेसनमा सात हजार २०१ रहेका छन् भने क्वारेन्टाइनमा ११ हजार ५८ रहेका छन् ।
यो पनि पढ्नुस्
नेपाल आमाको राष्टसेवक तथा गाउँ देखि शहरलाई उज्यालो बनाएका नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको कार्यकाल सकिँदैछ । भदौ २९ गतेदेखि उनको ४ वर्षे कार्यकाल सकिन लागेको हो । कार्यकाल सकिन लागेपछि प्राधिकरणमा उनलाई निरन्तरता दिने कि नदिने भन्ने बहस सुरु भएको छ ।
अर्को कार्यकालमा निरन्तरता दिनुपर्छ भन्ने माग एकातिर हुँदा उनलाई फेरि सोही पदमा दोहोरिन नदिन चौतर्फी रुपमा चलखेल सुरु भएको छ । कुलमानलाई नदोहोर्याउन र सो ठाउँमा आफू अनुकुलका व्यक्तिलाई ल्याउन यतिबेला उच्च राजनीतिक तहमा सक्रियता बढ्न थालेको छ । सोही चलखेलका कारण उनी दोस्रो कार्यकालमा लागि प्राधिकरणमा रहने सम्भावना समेत कमजोर बन्दै गएको बताइएको छ ।
कुलमानलाई वर्षौंदेखिको लोडसेडिङलाई चामत्कारिक रुपमा ६ महिनाभित्रै अन्त्य गरेको जस जान्छ । लोडसेडिङ अन्त्यसँगै वर्षौंको घाटालाई अन्त्य गरेर प्राधिकरणलाई नाफामा लैजान र वर्षौंदेखिको सिञ्चित घाटालाई कम गर्दै जान सफल भएको जस पनि जान्छ सोही कारण अर्को कार्यकालमा पनि उनलाई प्राधिकरणमा निरन्तरता दिनुपर्ने जनमत बलियो छ । तर, उर्जामन्त्रीदेखि सरकारका उच्च अधिकारीहरु नै पछिल्लो समय कुलमानको विकल्पबारे छलफल अघि बढाइएका छन् ।
तात्कालिन उर्जामन्त्री जनार्दन शर्माले प्राधिकरणको दशौं तहका कर्मचारीको रुपमा कार्यरत घिसिङलाई २०७३ साल भदौ २६ गतेको मन्त्रिपरषद्को बैठकबाट निर्णय गराएर प्राधिकरणको कार्यकारी निर्देशकको रुपमा ल्याएका थिए । उनले भदौ ३० गते पदभार ग्रहण गरेका थिए ।