कुखुराको मासुमा पनि कोरोना भाइरस भेटिएको बताईएको छ । ब्राजिलबाट चीनको शेन्जेन आयात गरिएको फ्रोजन गरिएको कुखुराको पखेटामा कोरोना भाइरस भेटिएको अधिकारीहरूले बताएका छन्। आयातित खाद्यवस्तुको स्क्रिनिङका क्रममा बुधबार कुखुराको पखेटाको पनि नमुना लिइएको थियो।
सीएनएनका अनुसार शेन्जेन प्रान्तको लंगाङ जिल्लामा लिइएको सो नमुनामा कोरोना भाइरस भेटिएको हो। बिहीबार एक भनाइ जारी गर्दै नगरपालिकाले यसबारे जानकारी दिएको हो। हालसम्म कुनै पनि खाद्यवस्तुबाट कोरोना सरेको प्रमाण पाइएको छैन। विश्व स्वास्थ्य संगठनले खाद्यवस्तुबाट कोरोना सर्ने सम्भावना निकै कम रहेको बताएको छ।
यसैबीच शेन्जेनका स्वास्थ्य अधिकारीले कुखुराको मासु आयातमा संलग्न सबैको स्वास्थ्य परीक्षण गरिसकेको छ। उनीहरू सबैको रिपोर्ट नेगेटिभ आएको नगरपालिकाले जारी गरेको भनाइमा उल्लेख छ। साथै पखेटा भण्डारण गरेर राखेको स्थानलाई डिस्इन्फेक्सन तथा बेचिसकेकाको कन्ट्याक्ट ट्रेसिङ भइरहेको स्वास्थ्य अधिकारीहरूले बताएका छन्।
यो पनि पढ्नुस्
काठमाडौँ – मेलम्ची खानेपानी आयोजनाको सुरुङमा जडान गरिएका पानी प्रवेशद्वार (गेट)का फ्रेम परिवर्तन गरिने भएका छन् । भित्रबाट खुल्ने गेटको डिजाइन बाहिरबाट खुल्ने गरी जडान गरिएपछि असार ३० गते अकस्मात् गेट खुलेर दुर्घटना भएको थियो ।
गेटको डिजाइन नै परिवर्तन गर्नुपर्ने भएपछि निर्माण कम्पनी र सप्लायर्सलाई साइडको स्थलगत अवस्था देखाउन थालिएको छ । खानेपानी मन्त्रालयका अनुसार भारतीय निर्माण कम्पनीका विज्ञले मेलम्चीको स्थलगत अध्ययन गरेपछि गेटको डिजाइनको समीक्षा गरी फ्रेम परिवर्तन गरिनेभएको हो ।
मन्त्रालयका प्रवक्ता रितेश शाक्यले भित्रबाट खुल्ने डिजाइन थियो तर बाहिरबाट खुल्ने गरी जडान भएको रहेछ, अब यसको फ्रेम परिवर्तन गर्नुपर्छ, त्यसका लागि निर्माण कम्पनीका विज्ञलाई साइड अध्ययन गराउने तयारीमा छौँ, आयोजनाका अन्य काम भइरहेका छन् भने ।
शाक्यका अनुसार चार प्रवेशद्वारका फ्रेम परिवर्तन गरिनेछन् । अम्बाथान, ग्याल्थुम, सिन्धु र सुन्दरीजलको गेटको फ्रेम परिवर्तन गरिनेछ । त्यसका लागि दुई महिना थप समय लाग्नेछ । यससँगै सुरुङमा भेन्टिलेसनको काम समीक्षा गरेर पुनः नक्साङ्कन गरिनेछ ।
सुरुङमा पानी पथान्तरण गरिएको बेला नियमित परीक्षण गर्न सुरुङभित्र गएका इन्जिनियर सहितको गाडी अकस्मात् गेट खुल्दा बगाएको थियो । असार ३० गतेको सो घ’टनामा इन्जिनियर सतिश गोइतको श’व इन्द्रावती खोलामा अर्को दिन भेटिएको थियो । चालक राधाकृष्ण थापा अझै बे’पत्ता छन् । यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।