त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा थप ४ जना स्वास्थ्यकर्मीलाई कोरोना सं’क्रमण पुष्टि भएको छ । बुधबार इमर्जेन्सीमा कार्यरत ६ जना स्वास्थ्यकर्मीमा कोरोना देखिएपछि उनीहरुको प्रत्यक्ष सम्पर्कमा आएकाहरुको स्वाब संकलन गरिएका मध्ये ४ जनाको रिपोर्ट पोजेटिभ देखिएको हो ।
हाल इमर्जेन्सी विभाग सि’ल गरिएको छ । नयाँ सं’क्रमित स्वास्थ्यकर्मी इमरजेन्सीको नभई अन्य वार्डको रहेको अस्पतालका कोभिड–१९ व्यवस्थापन समितिका संयोजक डा. सन्तकुमार दासले बताएका छन्। यद्यपि उनीहरु कुन वार्डको भनेर छुट्याउन बाँकी रहेको बताईएको छ।
योसँगै त्रिवि शिक्षण अस्पतालमा सं’क्रमित हुने स्वास्थ्यकर्मीको संख्या २२ पुगेको छ। इमरजेन्सी विभागका एक सयचभन्दा बढी स्वास्थ्यकर्मीको स्वाब संकलन गरिएको छ । उनीहरुको रिपोर्ट शुक्रबार या शनिबारसम्म आउने बताइएको छ । उनीहरु सबै हाल होम क्वारेन्टाइनमा छन् ।
यो पनि पढ्नुस्
काठमाडौँ – मेलम्ची खानेपानी आयोजनाको सुरुङमा जडान गरिएका पानी प्रवेशद्वार (गेट)का फ्रेम परिवर्तन गरिने भएका छन् । भित्रबाट खुल्ने गेटको डिजाइन बाहिरबाट खुल्ने गरी जडान गरिएपछि असार ३० गते अकस्मात् गेट खुलेर दुर्घटना भएको थियो ।
गेटको डिजाइन नै परिवर्तन गर्नुपर्ने भएपछि निर्माण कम्पनी र सप्लायर्सलाई साइडको स्थलगत अवस्था देखाउन थालिएको छ । खानेपानी मन्त्रालयका अनुसार भारतीय निर्माण कम्पनीका विज्ञले मेलम्चीको स्थलगत अध्ययन गरेपछि गेटको डिजाइनको समीक्षा गरी फ्रेम परिवर्तन गरिनेभएको हो ।
मन्त्रालयका प्रवक्ता रितेश शाक्यले भित्रबाट खुल्ने डिजाइन थियो तर बाहिरबाट खुल्ने गरी जडान भएको रहेछ, अब यसको फ्रेम परिवर्तन गर्नुपर्छ, त्यसका लागि निर्माण कम्पनीका विज्ञलाई साइड अध्ययन गराउने तयारीमा छौँ, आयोजनाका अन्य काम भइरहेका छन् भने ।
शाक्यका अनुसार चार प्रवेशद्वारका फ्रेम परिवर्तन गरिनेछन् । अम्बाथान, ग्याल्थुम, सिन्धु र सुन्दरीजलको गेटको फ्रेम परिवर्तन गरिनेछ । त्यसका लागि दुई महिना थप समय लाग्नेछ । यससँगै सुरुङमा भेन्टिलेसनको काम समीक्षा गरेर पुनः नक्साङ्कन गरिनेछ ।
सुरुङमा पानी पथान्तरण गरिएको बेला नियमित परीक्षण गर्न सुरुङभित्र गएका इन्जिनियर सहितको गाडी अकस्मात् गेट खुल्दा बगाएको थियो । असार ३० गतेको सो घ’टनामा इन्जिनियर सतिश गोइतको श’व इन्द्रावती खोलामा अर्को दिन भेटिएको थियो । चालक राधाकृष्ण थापा अझै बे’पत्ता छन् । यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।