नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ लगायत उपकार्यकारी निर्देशकहरुको पीसीआर रिर्पोट नेगेटिभ आएको छ । सं’क्रमितसँग कन्ट्याक्ट ट्रेसिङमा परेपछि उनीहरूको पीसीआर जाँच गरिएको थियो ।
प्राधिकरणका एक एन्जिनियरलाई कोरोना भाइरस पोजिटिभ देखिएपछि उनले भेटेका कार्यकारी निर्देशक, उपकार्यकारी निर्देशकहरु र निर्देशकहरु लगायतको बिहीबार पीसीआर परीक्षण गरिएको थियो । परीक्षणको रिर्पोट शुक्रबार आएको र आफूलगायत सबैको रिर्पोट नेगेटिभ देखिएको कार्यकारी निर्देशक घिसिङले जानकारी दिएका छन् ।
यो पनि पढ्नुस्
सिन्धुपाल्चोकको जुगल गाउँपालिका–२ लिदिमा ३७ घर पहिरोले पु’रिएको छ भने पहिरोमा पु’रिएर कम्तिमा ३५ जना बे’पत्ता भएका छन् । प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटा नेपाली सेनाको हेलिकप्टरमा लिदी पुगेका छन् । लिदीबाट पहिलो चरणमा चार सिकिस्त घा’इतेलाई हेलिकोप्टरमार्फत उपचारका लागि काठमाडौँ ल्याइएको छ भने अन्यको उद्धार जारी रहेको बताईएको छ ।
जुगल गाउँपालिका– २ लिदीमा आज बिहान भीषण पहिरो जाँदा कम्तीमा ३५ जना बेपत्ता भएको स्थानीयवासीले जानकारी दिएका छन् । लिदीको लामाचौरमा बस्तीभन्दा कम्तीमा चार सय मिटर माथिबाट आएको पहिराले २८ घर पुरेको स्थानीयवासीको भनाइ छ ।
जुगल गाउँपालिका– २ लिदीमा आज बिहान भीषण पहिरो जाँदा कम्तीमा ३५ जना बे’पत्ता भएको स्थानीयवासीले बताएका छन् । आज बिहान करीब साढे ६ बजेतिर गएको पहिरामा पुरिएकामध्ये पाँच घरका मानिस सम्पर्कविहीन भएको बताईएको छ ।
पहिरामा घर पु’रिएकाहरु माथि डाँडामा गएर बसेका छन् । स्थानीयवासीले सम्पर्कविहीनको खोजी र उद्धार गर्न सकेका छैनन् । भौगोलिक विकटता र भिरालो जमीन हुनुका साथै माथिबाट पहिरो आएको र तलबाट पनि जमीन भासिएकाले उद्धारमा कठिनाइ भएको स्थानीयवासीले बताएका छन् ।