काठमाडौंकाे मनमैजुमा गएराति ह’त्या भएको घ’टनामा संलग्न रहेका मुख्य अ’भियुक्तलाई प’क्राउ गरिएको छ । महानगरीय अ’पराध महाशाखाले दिएको जानकारी अनुसार मृ’तक लक्षमण तामाङलाई छु’रा प्र’हार गर्ने दोलखाका आङदोर्जे शेर्पालाई प्रहरीले प’क्राउ गरेको हो ।
शुक्रबार राति मनमैजुस्थित सुमन गोर्खा खाजा घरमा दुई पक्षका युवाहरुबीच झ’गडा हुँदा छु’रा प्र’हारबाट नुवाकोटका लक्षमण तामाङकाे ज्या’न गएकाे थियाे । मनमैजुस्थित सुकुम्बासी टाेलमा बस्दै आएका लक्षमणलाई छु’रा प्र’हार गरी ह’त्या गरेको आ’रोपमा शेर्पालाई प्रहरीले प’क्राउ गरेकाे हाे ।
उनीहरुको समुहबीच युवतीको बिषयमा झ’गडापछि छु’रा हा’नाहा’न भएको प्रहरीको अनुमान रहेको छ । घ’टनाका मुख्य अ’भियुक्त भनिएका शेर्पालाई भर्खरै प’क्राउ गरिएको महानगरीय अ’पराध महाशाखाल जनाएको छ । उनका सहयोगी ३ जनालाई भने गएराति नै प’क्राउ गरिएको थियो ।
राति ८ बजे खाजा घरमा भएको बि’वादपछि शेर्पाले तामाङलाई ल’खेट्दै लगेर मनमैजुस्थित मितेरी पुलमा छु’रा प्र’हार गरेका थिए । छु’रा प्र’हारपछि ग’म्भीर घा’इते भएका तामाङको गएराति नै ग्रीनसीटी अस्पतालमा उपचारको क्रममा मृ’त्यु भएको थियो । उनको श’व अहिले पो’ष्टमा’र्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा राखिएको छ ।
यो पनि पढ्नुस्
लोकप्रिय सञ्चाकर्मी रवि लामिछानेले मूलधारको पत्रकारिता लोकप्रियतासंग लोभिएको बताएका छन् । यसरी लोभिनु आवश्यकता नभएको उनको ठम्याई छ । चर्चित पत्रकार विजय कुमारसँगको सम्वादमा सञ्चारकर्मी लामिछानेले मुलधारका मिडियाहरु एजेण्डा, पोलिसी र जे का लागि समर्पित रहनु पर्ने हो त्यसैमा लाग्दा नै पत्रकारिताको न्याय हुने बताए ।
मुलधारका मिडियाहरुको बेग्लै स्थान छ, त्यस्तो स्थान भएको मिडियाहरुले सामाजिक सञ्जालको बहावसंगै प्रभावित हुनु पपुलिष्ट र लोकरिझाई हुन खोजेको जस्तो देखिएको उनको भनाइ छ ।
थप प्रष्ट पार्दै उनले भने, ‘ एउटा कोचको गाइडेन्समा खेलाडीले स्कोर गर्ने हो, कोचले खेलाडीको उसको खोल गराई लोकप्रियता जस्ता कुराहरुबाट लोभिनु नपर्ने बताउनुभयो । लियोनेल मेसीबाट प्रभावित हुने कि टिममा कोचले आफ्नो प्रभाव देखाउने रु कोचले एउटा खेलाडीमा नभइ समग्र टिममा गर्व गर्ने हुनुपर्छ, लोकप्रिय हुनको लागि अनावश्यक तरिकाले दैडिन आवश्यक हुदैँन । ’
समाजलाई योगदान दिनुपर्ने मानिसहरु भीडमा लागिपर्नु आवश्यक नभएको भन्दै उहाँले मेरो फलोअर्स नै भएनन् भन्ने कुराको पछाडि लाग्न आवश्यक नभएको बताए । आफु एउटा प्रस्तोता भएको कुरा उल्लेख गर्दै उनले कुनै पनि विषय प्रस्तुत गर्ने मानिस प्रस्तुतिका कारण लोकप्रिय हुन सक्ने बताउदै सम्पादकको जिम्मेवारी धेरै रहने र त्यस्तो अहोदामा रहेका व्यक्तिहरुले लोकप्रियताको पछागि लाग्नुपर्छ भन्ने नरहेको पनि प्रष्ट पार्नुभयो । साथै उहाँले लोकप्रियता भन्ने कुरा कहिले को हुने, कहिले को हुने यो एउटा सामान्य प्रक्रिया रहेको बताए ।
कुराकानीका क्रममा उनले अगाडि भने, ‘६०, ७० लाख मानिसहरु श्रमका लागि विदेश गएका छन्, तिनीहरु लगायतका सबैका प्रतिनिधित्व मेनस्ट्रिमको मिडियाले गर्नु पथ्र्यो तर त्यो भएन । उनीहरुको समस्यामा नदरअन्दाज भयो त्यसैले यो विषयका लागि स्थान खोज्यो र सामाजिक सञ्जालमा त्यो विषयले महत्व पाएको बताए ।